नेपाली   |  English

कंगना व्यक टु स्क्रीन

अभिनेत्री कंगना राणावत

A A A

कंगनाले फेरि आफ्नो सुर्टिङ प्रोजेक्टमा काम सुरु गरेकी छिन्

बलिउड अभिनेत्री कंगना रनौट लामो समयपछि काममा फर्केकी छिन् । कंगनाले फेरि आफ्नो सुर्टिङ प्रोजेक्टमा काम सुरु गरेकी हुन् । उनले लामो समयपछि सुर्टिङ गरेको तस्वीर सेयर गरेकी छिन् ।

कंगनाले हाल तमिलनाडुको मुख्यमन्त्री जयललिताको बायोपिक थलाइवीमा काम गरीरहेकी छिन्, जसमा कंगनाले जयललिताको भुमिका निभाउने छिन् । फिल्मको केही सिन सुट गरिसेकेको छ । धेरै अगाडी सुरु भएको फिल्मको काम कोरोना भाइरसको कारणले रोकिएको थियो ।

तस्बिर सेयर गर्दै कंगनाले सानदार स्थानमा प्रतिभावान् र स्नेही निर्देशक एएल विजयको साथमा काम गर्नु सबैभन्दा सुखद क्षण भएको लेखेकी छिन् । तस्वीरमा कोरोना भाइरसको कारण फिल्म सेटको वातावरण केही फरक देखिएको छ भने सबै मानिसहरुले मास्क लगाएको देखिन्छ ।

कंगनाले केहि दिन अघि फिल्मको सुटिङ सुरु हुने भन्दै सामाजिक सञ्जालमा जानकारी दिएकी थिइन् । उनी फिल्मको कामको लागि आफ्नो घर मनालीबाट हैदरावाद आएकी हुन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top