नेपाली   |  English

बहराइनका राजकुमारको आरोहण नेपालको पर्यटनलाई महत्वपूर्ण


A A A

कोरोना महामारीले ठप्प भएको पर्वतीय पर्यटनका लागि विश्वमा सन्देश लैजान बहराइनका राजकुमार सहित टोलीको आरोहण महत्त्वपूर्ण रहने

काठमाण्डौ, २१ असोज । नेपालमा सन् २०२० कै पहिलो हिमाल आरोहण अन्तर्गत सोलुखुम्बुको लुबुचे हिमाल आरोहण गरेर फर्किएको आरोहण टोली मङ्गलबार गोरखाको मनास्लु हिमाल आरोहणका लागि हिडेको छ ।

बहराइनका राजकुमार नासिर बीन हमदसहितको टोली हिजोबाट मनास्लु हिमालको आरोहणमा लागेको पर्यटन विभागले जनाएको छ । यो टोलीले गएको शनिबार छ हजार एक सय १९ मिटर अग्लो लुबुचे हिमाल आरोहण गरेको थियो ।

image_750x_5f7bfc531a74c

आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि त्यहाँ बाटो बनाउने काम भइरहेको र टोलीले मङ्गलबार त्यहाँको यात्रा सुरु गर्ने आरोहणको संयोजन गरिरहेको सेभेन समिट ट्रेक प्रालीले जनाएको छ ।

कोरोना महामारीले ठप्प भएको पर्वतीय पर्यटनका लागि विश्वमा सन्देश लैजान यो टोलीको आरोहण महत्त्वपूर्ण रहने पर्यटन व्यवसायीहरुले बताएका छन् । पर्यटन व्यवसायीहरु उत्साहित पनि बनेको स्रोत बताएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top