नेपाली   |  English

तिमीलाई हेरी बोलको गीतले बजार तताउदै

तिमीलाई हेरी

A A A

गीतमा सच्चा प्रेमलाई समाजले हेर्ने दृष्टिकोण तथा सच्चा प्रेमको अघि जतिसुकै कठोर मान्छेको मन पनि पग्लन्छ भन्ने सन्देश दिएको छ

काठमाडौँ : जनम थुलुङको स्वर तथा सङ्गीत रहेको "तिमीलाई हेरी" गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

जनम थुलुङ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा जनम थुलुङ्सँगै अहिलेकी लोकप्रिय गायिका मेलिना राईको समेत स्वर रहेएको छ ।

तिमीलाई हेरी नाम रहेको गीत जेन्नी राईले लेखेकी हुन् भने एरेन्ज राजु कार्कीको रहेको छ । गीतले सच्चा प्रेमलाई समाजले हेर्ने दृष्टिकोण तथा सच्चा प्रेमको अघि जतिसुकै कठोर मान्छेको मन पनि पग्लन्छ भन्ने सन्देश दिन खोजिएको छ ।

एलिश राई र अनुशा राईको अभिनयले गीतलाई जीवन्त बनाउन खोजिएको छ । सो अभिनयको छायांकन क्यामेरामेन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने सम्पादन विकाश ज्ञवालीको रहेको छ । गीतको परिकल्पना तथा निर्देशन एलिश राईले गरेका हो ।

ओक्टोवर २ मा जनम थुलुङ अफिसियल युट्युब च्यानल मार्फत रेलिस गरिएको गीत आज ओक्टोवर ६ सम्मा ४४ हजारले हेरी सकेको देखिन्छ ।  


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top