नेपाली   |  English

आज बुटवल बन्द (तस्बिरमा हेर्नुहोस)

तस्बिर/मदन न्यौपाने

A A A

व्यापक रूपमा प्रहरी परिचालन

बुटवल – प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा आज नेपाली कांग्रेस रुपन्देहीले बन्दको घोषणा गरेको छ । हिजो(शनिवार) बुटवलमा बसेको पार्टीको वैठकले सरकारको प्रस्तावविरुद्ध आज आइतबार रुपन्देही बन्द गरी वृहत प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बन्दका कारण यातायात बजार पसल पूर्ण रुपमा ठप्प भएका छन् । बन्द सफल पार्न बिहानैदेखी कांग्रेसका कार्यकता र विभिन्न संघसंस्थाआन्दोलनमा उत्रिएका छन् । कांग्रेसले आजै बन्दसँगै प्रदेशसभा घेराउको कार्यक्रम समेत राखेको छ ।

butwal banda 9

बुटवलमा नेपाल प्रहरी र शशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रदेशका मन्त्रालय, प्रदेश सभा सदस्यका निवास तथा सरकारी कार्यालय वरपरमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ।

प्रहरीले सुरक्षा व्यवस्था कडा बनाए पनि कांग्रेससहित विभिन्न संघसंस्थाले आज बुटवलमा प्रदर्शन गर्न लागेका छन्। प्रशासनले गए रातिदेखि लागू हुने गरी एक दर्जन बढी ठाउँमा निषेधाज्ञा लगाएको छ।

स्थायी राजधानी दाङ सर्न लागेपछि कांग्रेस, रूपन्देहीका स्थानीय तहलगायतले विज्ञप्ति निकालेर निर्णय सच्याउन माग गरेका थिए।

butwal banda 3

butwal 0 (1)

butwal banda2 (1)

butwal (1)

butwal 0

butwal


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top