नेपाली   |  English

समाजवादी ट्रेड यूनियन महासंघ महिला विभागमा प्रेमिका सुनुवारको अध्यक्षतामा ५१ सदस्यीय कमिटी सर्वसम्मत चयन


A A A

केन्द्रिय महिला विभागको छैठौं सम्मेलन भव्य रुपमा सम्पन्न

काठमाडौं - समाजवादी ट्रेड यूनियन महासंघ नेपाल केन्द्रिय महिला विभागको छैठौं सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमकाबीच प्रेमिका सुनुवारको अध्यक्षतामा ५१ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो ।

सहअध्यक्षमा तिरुमाया तामाङ,महासचिवमा अम्बिका राई लगाएतको ५१ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको समाजवादी ट्रेड यूनियन महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष मोलम लामाले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र कुमार झाले ओली सरकार भष्ट्रचारमा लिप्त भएको आरोप लगाए । उनले कोभिडसँग जुध्न सरकारको भूमिका र रणनिति नभएको उल्लेख गर्दै सरकारनै विरामी परेको अवस्थामा जनताले न्याय पाउने आशा नरहेको उल्लेख गरे ।

samajbadi

नेता झाले नेकपाको आन्तरिक विवाद र द्धन्द्धले सरकारका काम कारवार्हीनै प्रभावित भएको भन्दै पार्टीका विवाद जनतामाथी नथोपर्न आग्रह गरे । उनले प्रधानमन्त्री ओलीले भष्ट्रचार गर्दैन र गर्न पनि दिन्न भन्दै नारा राख्ने तर आफ्नै पार्टी र मन्त्रीहरुले करोडौंको भष्टचार गरेका समाचार आउँदा प्रधानमन्त्री चुप लागेर बस्नुले सरकार र प्रधानमन्त्रीलेनै भष्ट्रचारलाई प्रशय दिएको आरोप लगाए । उनले भने 'ओली जनता र सरकारका काम भन्दा पार्टीका विवाद र द्धन्द्धमा फस्दै गएका छन । जनजीविका सवालमा सरकार वेमतलब छ । जनता कोभिसँगै लकडाउन र निषेधाज्ञाले आक्रान्त छन् खान पाएका छैनन् तर सरकारका केही मन्त्री यस्तो विपतमा भष्ट्रचार गर्नमा लिप्त छन् । प्रधानमन्त्री उनीहरुलाई जोगाउँदै हिड्नु भएको छ । सरकारनै विरामी परेको बेला जनताले न्याय पाउँने आशा छैन ।'

नेता झाले बालुवाटार जग्गाको प्रशंग कोट्याउँदै वर्तमान सरकार र नेकपाका नेता वालुवाटारलाई तैले खानेकी मैले खाने भन्ने ध्ययेमा रहेको टिप्पणी गरे । उनले देशमा महिला राष्ट्रपति हुँदैमा महिलाका सबै मुद्धा टुङ्गीए भन्ठान्नु गलत भएको बताए । उनले वर्तमान राष्ट्रपति जनता र महिलाका मुद्धामा भन्दा पनि आलिसान जीवन विताउनमा व्यस्त रहेको भन्दै महिलाका आवाज र मद्धाहरु अझै शशक्त पार्नु पर्ने दिन आएको बताए । महिलाहरु दिनप्रति हिसांमा परको घटना आइरहेका छन् ,महिला श्रमिलाई कम तलबमा राख्ने,तलब नदिने लगाएतका हर्कत हुँदै आएका छन् । यस्ता कार्य विरुद्ध समाजवादी ट्रेड यूनियन महासंघ महिला विभाग शशक्त रुपमा प्रस्तुत हुनुपर्छ' उनले भने ।

nabaraj dahal

कार्यक्रममा समाजवादी ट्रेड यूनियन महासंघ नेपालका केन्द्रिय अध्यक्ष नवराज दाहाल,संयुक्त ट्रेड यूनियन समन्वय
केन्द्रका महासचिव लाल कुमार लामा,समावेशी ट्रेड यूनियन महासंघ अध्यक्ष इन्द्रदेव मिश्र,ट्रेड यूनियन कांग्रेस महासचिव योगेन्द्र कुँबर,मधेशी ट्रेड यूनियन महासंघ केन्द्रिय महासचिव सिद्धशरण ठाकुर र समाजवादी ट्रेड यूनियन महासंघ नेपालका केन्द्रिय पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top