नेपाली   |  English

भाडामा ब्वाईफ्रेण्ड पाइने !


A A A

गुडनाइट प्याकेज समेत

काठमाडौं – संसारमा बिभिन्न अनौठा घटनाहरु हुने गर्दछन् । मानिसहरुको मनस्थितिलाई विचार गरेर जापानमा एउटा नयाँ व्यवसाय शुरु भएको छ ।

जापानमा शुरु भएको यो व्यवसायले जो कोहिलाई पनि अचम्ममा पार्न सक्छ । जापानमा ब्वाईफ्रेन्ड भाडामा पाईने नयाँ ब्यापार शुरु भएको हो । यो सर्भिसको नाम ‘रोजशिप’ राखिएको छ ।

यो व्यवसायलाई युवतीहरुले घण्टा वा दिनको हिसाबमा उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीहरुले एकजना चुन्ने काम गर्दछन् ।

साथै युवतीहरुले युवकलाई बुकिङ गर्न समेत पाइन्छ । तर सेवा शुल्क भने बुकिङ समयानुसार निर्धारण हुने गर्दछ । यो सर्भिसमा गुडनाइट प्याकेज समेत छ ।

त्यतिमात्रै होइन,युवकले युवतीलाई खाना पकाएर समेत खुवाउँने गर्दछन् । यो सर्भिसको प्रयोग गर्ने महिलाहरुको उमेर ३० देखि ४० वर्षसम्म रहेको छ । साथै युवकहरुको उमेर भने २० देखि ३० रहेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top