नेपाली   |  English

पर्यटन दिवसको अवसरमा मन्त्री भट्टराईद्वारा मन्जुश्री पार्कमा वृक्षारोपण


A A A

अबको पर्यटन ग्रामीण पर्यटन माथि केन्द्रीत हुनुपर्ने पनि स्पष्ट पारे।

काठमाडौँ – ‘४१ औं विश्व पर्यटन दिवस’ आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ।

यस वर्ष ‘दीगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइँदैछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन दिवसको अवसरमा काठमाडौँको चोभार स्थित मन्जुश्री पार्क पुगेर वृक्षारोपण गरेका छन्।

सो अवसरमा मन्त्री भट्टराईले कोभिड १९ का कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का परेको अवस्थामा पर्यटनको क्षेत्रबाट अर्थतन्त्रलाई उठाउन सकिने बताए।

कोभिडका कारण देशको आम्दानीका स्रोतहरु घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिए पनि पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउने बताए।

राज्यको आम्दानीको स्रोतको विकास गर्नका लागि उपत्यका वरिपरिका डाँडाँहरुलाई घुम्न जाने नजिकको गन्तव्यको रुपमा विकास गरिने उनले बताए। चोभारलाई पनि त्यसै कार्यक्रमसँग जोडेर विकास गरिने मन्त्री भट्टराईले स्पस्ट पारे।

मन्जुश्री पार्कसँगसँगै उपत्यका वरिपरिका पहाडहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकेमा उपत्यकाको रात्रीकालिन जीवनको पनि सुरुवात हुने मन्त्री भट्टराईको भनाई छ ।

उनले अबको पर्यटन ग्रामीण पर्यटन माथि केन्द्रीत हुनुपर्ने पनि स्पष्ट पारे।

ग्रामीण पर्यटनको विकासमा काम गर्न सके ग्रामीण क्षेत्रका मानिसहरुको आर्थिक जीवनमा समेत परिवर्तन ल्याउन सकिने विश्वास मन्त्री भट्टराईको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top