नेपाली   |  English

पाटन अस्पतालमा उपचाररत ५४ वर्षीय कोरोना संक्रमितको मृत्यु

फाइल तस्बिर

A A A

मृत्क महिला ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन्

काठमाडौं – ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भक्तपुर निवासी ५४ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

मृत्क महिला ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचार जारी थियो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top