नेपाली   |  English

गायक तथा संगीतकार रमित लामाको ‘शेर्पिनी आजि’ सार्वजनिक


A A A

डम्फु मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो ।

गायक एंव संगीतकार रमित लामाको ‘शेर्पिनी आजि’ बोलको गीत सार्वजनिक भएको छ । डम्फु मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो ।

‘डाँडा है पारी’ बोलको गीतबाट चर्चा बटुलेका गायक एंव संगीतकार


रमित लामाको हालसालै बजारमा आएको उक्त सेलो गीतमा शेर्पिनी आजीले च्याङ्बालाई मोहनि लगाएको बर्णन गरिएको छ । गायक एवम् संगितकार रमित लामा आजभन्दा केही बर्षा यता रोजगारीका सिलसिलामा मलेशिया

गएर आफ्नै जन्म भुमि फर्किएको थियो । गयक लामाले कलकारीतामा मलेसियामा पनि राम्रो चर्चा कमाउन सफल भएको थियो भने नेपाल तामाङ कलाकार संघ मलेशिया का भुतपुर्व महासचिव पनि हुनुहुन्छ ।


छवी लामा र मनोज दोङको संयुक्त लेखनमा रहेको उक्त गीतमा उनै गायक एंव संगीतकार लामाको स्वर र संगीत रहेको छ । नोर्बु शेर्पाले संगीत संयोजन गरेको उक्त गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।

भिडियोलाई सुर्य लामाले छायांकन,ड्रोन र कलर गरेका हुन भने युद्ध लामाले कोरियोग्राफी, सम्पादन र निर्देशन अमिर दोङले गरेका हुन । भिडियोमा सागर मोक्तान र रोहनी लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । (भिडियो)


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top