नेपाली   |  English

नवलपरासीमा खोलाले गाडी बगायो,गाडीसहित चालक बेपत्ता

फाइल तस्बिर

A A A

१ जनाको सकुशल उद्धार

रुपन्देही – नवलपरपासी पूर्वको एउटा पाउरोटी उद्योगबाट छुटेको गाडी र त्यसका चालक एक दिनदेखि बेपत्ता छन्।

नवलपरासी नवलपरासी पूर्व विनयी गाउँपालिका–३ को सुनही खोलाले बगाएका चालक र गाडी अहिलेसम्म फेला नपरेका हुन्।

प्रहरीका अनुसार ना३च १५९४ नम्बरको गाडी तर्ने क्रममा बुधबार अपराह्न खोलाले बगाएको थियो। चालक कावासेती नगरपालिका ८ का २६ वर्षीय नेत्रलाल भूर्तेल र गाडीको खोजी भइरहे पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।

उनका अनुसार सोही गाडीमा रहेका सेल्समेन नवलपरासी पश्चिम बर्दघाट नगरपालिका १६ कुकुरमाराका ५३ वर्षीय धनबहादुर गुरुङको भने सकुसल उद्धार गरिएको छ। गाडी बगेको देखेपछि स्थानीले गुरुङलाई उद्धार गरे पनि चालकलाई भने नसकेको खाँणले बताए। उक्त गाडी लालीगुराँस बेकरी उद्योगको हो।

‘बाढी आइरहेका बेला खोलो तर्न पसेको गाडीसहित चालक बेपत्ता छन्, खोजी भइरहे पनि फेला पार्न सकिएको छैन,’ खाँणले भने।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top