नेपाली   |  English

पहिरोका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासीको दाउन्नेमा खसेको पहिरोका कारण अवरुद्ध भएको बुटवल–नारायणगढ सडक

A A A

पानी नरोकिएसम्म पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन कठिन हुने

नवलपरासी – नवलपरासीको दाउन्नेमा खसेको पहिरोका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ।

विश्वकर्मा मन्दिरदेखि दाउन्ने बजारसम्मका विभिन्न पाँच स्थानमा बुधबार रातिदेखि पहिरो गएको छ।

पहिरोका कारण बिहीबार बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रवक्ता डिएसपी खाँणले जानकारी दिए। सडक अवरुद्ध भएपछि राजमार्गमा ओहोरदोहोर गर्ने सयौं सवारीसाधन अलपत्र परेका छन्।

दुई वटा डोजरले पहिरो हटाउने प्रयास गरिरहेका छन्।

तीन दिनदेखि परेको पानी अहिलेसम्म रोकिएको छैन। पहाडबाट पहिरो खस्ने क्रम जारी छ। पानी नरोकिएसम्म पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन कठिन हुने प्रहरीले जनाएको छ।

यस्तै, रुपन्देहीको तिनाउ, दानव, रोहिणी, कन्चन लगायतका खोलामा पानीको सतह बढेको छ। तिनाउ नदीले खतराको तह नाघेकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। तिनाउ तटीय क्षेत्रका आधा दर्जन बढी बस्ती उच्च जोखिममा छन्।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top