नेपालगञ्जमा कोरोना संक्रमणबाट एक कैदीको मृत्यु

उनलाई उपचार गर्नकै लागि सुर्खेत कारागारबाट नेपालगञ्ज सारिएको थियो ।
नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाबाट कैदीको मृत्यु भएको छ।
कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका सुर्खेत, गुर्भाकोट नगरपालिका वडा नं. ४, सहारेका ५८ वर्षीय कैदीको सोमबार बिहान ६.२५ बजे मृत्यु भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, उनी दमको बिरामी रहेकाले श्वासप्रश्वासमा जटिल समस्या थियो।
उनलाई उपचार गर्नकै लागि सुर्खेत कारागारबाट नेपालगञ्ज सारिएको थियो । स्वास्थ्य समस्याकै बीच भदौ २१ गते बिहान दश बजे स्वाव लिइएको थियो ।
त्यही दिन राती दश बजे कोरोना पोजिटिभ थाहा भएको थियो । भदौ २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो । भेरी अस्पतालले उनको आज बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)