नेपाली   |  English

मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीद्धारा रक्तदान कार्यक्रम, ४८ पिन्ट रगत संकलन

रक्तदान गर्दै रक्तदाता

A A A

सदस्य लामाका अनुसार कोरोना महामारीकै कारण देशभर रगत आपूर्तीमा कमी आएकोले कोरोना संक्रमित बिरामीसहित अन्य बिरामीहरुले रगत नपाएर छट्पटीनु नपरोस भन्ने ध्ययेका साथ केही हदसम्म भएपनि यस्ता कार्यक्रमले सहयोग पुग्ने ठानेरै रक्तदान कार्यक्रमलाई जोड दिएको बताए ।

काठमाडौं - कोभिड-१९ का कारण देशभर रगतको आपुर्तिमा कमि आउँन थालेपछि मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीले रक्तदान कार्यक्रम गरेको छ।

महानगर कमिटीले आश्विन २ गते( आज) बौद्धस्थीत कुशल पार्टी प्यालेसमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । बिहान ९ बजेदेखी ११ बजेसम्म चलेको रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन भएको मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटी सदस्य तथा बौद्धनाथ क्षेत्र विकास कार्यकारी निर्देशक बसन्त लामाले जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रममा १३ जना महिलासहित ४८ जनाले रक्तदान गरेका थिए ।

raktadan 0

सदस्य लामाका अनुसार कोरोना महामारीकै कारण देशभर रगत आपूर्तीमा कमी आएकोले कोरोना संक्रमित बिरामीसहित अन्य बिरामीहरुले रगत नपाएर छट्पटीनु नपरोस भन्ने ध्ययेका साथ केही हदसम्म भएपनि यस्ता कार्यक्रमले सहयोग पुग्ने ठानेरै रक्तदान कार्यक्रमलाई जोड दिएको बताए ।

सरकारले तोकेको मापदण्ड र परिधिमा रहेर स्वास्थ्य सुरक्षाको उचित प्रवन्धसहित यथेष्ट भौतिक दुरी कायम गर्दै रक्तदान कार्यक्रमलाई व्यवस्थित पारिएको सदस्य लामाको भनाई थियो ।

krishna

स्वर्गीय जननेता मदन भण्डारीको आर्दशलाई आत्मसात गर्दै उनका आर्दशलाई जीवन्त र अझ प्रभावकारी बनाउनुका साथै सामाजिक क्रियाकलापहरुमा अग्रसर रहँदै आएको मदन भण्डारी फाउन्डेसनले देशभरका कमिटीहरुलाई क्रियाशिल गराउँदै यो बिषम पस्थिीतीको मध्यनजर गरेर रक्तदानदेखी लकडाउनले समस्यामा परेकाहरुलाई खाद्यन लगाएत सहयोगका कार्यक्रमहरु समेत गर्दै आएको छ ।

फाउन्डेसन महानगर सचिवालय सदस्य विकास चालिसेले हामीहरुको सानो सहयोगले कसैको जीवन बाच्ने यो महत्वपूर्ण कर्ममा सहभागी भई रक्तदान दिने रक्तदाता प्रति फाउन्डेशन कृतज्ञ रहेको बताए ।उनले विषम परिस्थिति र अभावको समयमा गरिएको रक्तदानको महत्व अझ बिशेष रहेको भन्दै फाउन्डेसन महानगर कमिटीले आगामी दिनहरुमा पनि यस्ता विभिन्न सामाजिक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

raktadaan- madan 0

काठमाडौं क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य तथा मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य कृष्णबहादुर राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटी अध्यक्ष टिका पराजुलीले गरेका थिए । त्यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य सरिता न्यौपाने,राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराई,बौद्धनाथ क्षेत्र विकास समिति अध्यक्ष चन्द्रमान लामा, नेकपा काठमाडौं जिल्ला कमिटी सदस्यद्धय बिरेन्द्र लामा र रामशरण ढुंगाना लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top