नेपाली   |  English

कोरोना रिपोर्ट गलत आएपछि झण्डै मृत्युको मुखमा पुगेका डा.प्रकाश,छोरा अस्पतालको आइसियुमा बाँबु होम आइसोलेसनमा कस्तो पीडा !


A A A

पोजेटिभलाई नगेटिभ भन्दै रिपोर्ट दिइन्छ । यस्तै गम्भीर लापरबार्हीबाट कतिको ज्यान गए होला त्यसको जिम्मा कसले लिने ? किन जनताको जिउधनमाथी यस्तो खेलवाड गरिदैं छ ?

  • बिष्णु आचार्य

काठमाडौं – देश करिब ६ महिना भन्दा बढी भइसक्यो कोरोनाको कहरसँग जुधिरहेको छ । नेपाल मात्र होइन विश्वनै कोरोना महामारीमा पिल्सिरहेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना नेपाल आइपुग्न झण्डै ३ महिना लागेको देखिन्छ । यसैबीचमा नेपाल पनि कोरोनाको महामारी भित्रने भन्दै विश्व स्वास्थय संगठनले पनि चेतावनी दिरहेको थियो । यद्यपी सरकारको ध्यान त्यसतर्फ केन्द्रित हुन सकेन । सरकार,प्रधानमन्त्री पार्टीको आन्तरिक किचलो र पदिय भागवण्डामै रोमलियो । त्यो क्रम आजको दिनसम्म पनि उस्तै छ । जब कोरोना नेपालमा भित्रियो त्यस समयमा पनि नेपाल सरकारले कोरोनालाई सामान्य ठान्यो । कोरोना रोकथाम तथा नियन्त्रणको सवालमा उपप्रधामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना नियन्त्रण उच्च स्तरीय समिती बन्यो । यद्यपी त्यसले पनि प्रभावकारी काम गर्न सकेन । बरु उल्टै पद र शक्तिको आडमा आफ्ना मान्छे पोस्ने किसिमले स्वास्थ्य सामाग्री,औषधी खरिदममा आफ्ना मान्छेलाई ठेक्का लगाउने देखी करोडौं आफै कुम्ल्याउने र भष्ट्रचार गर्ने तर्फ लिप्त भएका घटनाक्रम पनि आए । समयक्रम सँगै यी सबै खुल्दै जाँलान । यो त एक पाटो रह्यो।

एउटा भनाई छ, १०० अपराधी छुटुन तर एक पनि निर्दोष नफसुस । यो भनाईको ताप्तर्य कुनै पनि गल्ती नगरेको मान्छे त्यो गल्ती मेरो हो भनेर स्विकार गर्नुपर्ने परिस्थिति नबनोस भन्नका लागीनै हो । तर यहाँ एक अस्पतालको गल्तीका कारण एक परिवार पूर्ण रुपमा विक्षीप्त हुन पुगेको छ । काँग्रेस नेता एव्म वीपी संग्राहलय संस्थापक अध्यक्ष पर्शुराम पोखरेलको परिवारले यस्तै मानसिक यातना बेहोर्नु परेको छ । घटना गत भाद्र २१ को हो । अध्यक्ष पर्शुरामका छोरा डा. प्रकाश पोखरेललाई २१ गते सामान्य ज्वरो आयो । अध्यक्ष पर्शुराम र डा. प्रकाश कोरोना संक्रमण परिक्षणको लागी भाद्र २३ मा नेपालकै पुरानो र ठुलो सरकारी अस्पताल वीर अस्पताल परीक्षणको लागी पुगे । वीरमा गएर स्वाव दिएर घर फर्किए । तर डा. प्रकाशलाई २३ गतेनै उच्च ज्वरो आइरहेको थियो । छोरालाई ओम अस्पतालमा उपचारका लागी लगियो । समान्य सिटामोल खुवाईयो । भोलीपल्ट २४ गते म्यासेजमा पर्शुराको पोजेटिभ आयो भने प्रकाशको रिपोर्ट नेगेटिभ आयो । पर्शुराम आइसोलेनमा बसे ।तर छोरोलाई पुनः अधिक ज्वरो आएपछि ओम अस्पताल लगियो । अस्पतालले कोरोना नेगेटिभ भएपछि अन्य रोग पहिचान गर्न थाल्यो । उनलाई निमोनिया भएको जानकारी गराइयो । पर्शुरामलाई पनि ओम अस्पतालका डाक्टरले प्रकाशको अवस्था सामान्य निमोनिया देखिएको जानकारी गराए । तर प्रकाशलाई भित्र भित्र कोरोनाले च्यापी सकेको थियो । ओम अस्पतालले पनि स्वाब संकलन गरी स्टार अस्पतालमा कोरोना परिक्षणको लागी पठायो । स्टार अस्पतालबाट रिपोर्टको आश गर्दा गर्दै छिटो नआएपछि पर्शुराले आफै स्टार अस्पतालमा फोन गरेर सोधे । जवाफ आयो-'हामीले के–कसो भन्न मिल्दैन,नगेटिभ आएको भए तपाइलाई म्यासेज आर्इसक्थ्यो होला भन्ने घुमाउँरो जवाफ पाएपछि पर्शुरामले छोराको पछिल्लो रिपोर्ट पोजेटिभ आएको पत्तो पाए । तर राष्ट्रिय प्रयोगशाला टेकुबाट न कुनै म्यासेज आयो न कुनै जानकारी । उनले स्टार अस्पतालको जवाफ पछि प्रकाशलाई कोरोनाको उपचार थाल्न ओम अस्पतालका डाक्टरलाई जानकारी गराए । सोही अनुरुप उनलाई कोभिडको उपचार थालियो । यसैबीचमा डा. प्रकाशलाई ओम अस्पतालको आइसियुमा राखियो । तेतीमात्र होइन उनको अवस्था नाजुक हुँदै जान थालेपछि स्थिति झण्डै भेन्टिलेटरमा राख्ने अवस्था आयो । वीरबाट आएको गलत रिपोर्टका कारण प्रकाशले कोरोनाको उपचार समयमा नपाउँदा उनी झण्डै मृत्युको मुख नजिक पुगे । अहिले उनको स्वास्थ्यमा सुधार आएको छ ।

पर्शुराम आफुपनि पहिले देखी स्वास्थ्य क्षेत्रमा काम गरिरहेका व्यक्ति पनि हुन । उनको परिवारनै अहिले कोरोनाको संक्रमणबाट जुधिरहेका छन् । पर्शुराम होम आइसोलेशनमा कोरोनासँग जुधिरहेका छन् भने छोरा डा. प्रकाश र बुहारी(नर्स) ओम अस्पतालमा उपचाररत छन् । पर्शुरामलाई कोरोनाको कुनै लक्षण छैन् । उनी होम आइसोलेशनमा बसिरहेका छन् । पर्शुरामको परिवार र छोराले भोगेको यस्तो पीडा सरकार र सम्बन्धीत निकायलाई सामान्य लाग्छ होला तर एक बाबु र एक परिवारलाई कस्तो पीडा हुन्छ होला त्यो भोग्नेलाई थाहा हुन्छ । बाबु कोरोना संक्रमित भएर घरको कुनामा बस्नु पर्ने छोरा आइसियुमा । पर्शुराम भन्छन् 'कोरोनाको जस्तो लक्षण देखिएको छोराको रिपोर्ट नेगेटिभ आएको छ । म सामान्य अवस्थामा भएकाको पोजेटिभ छ । तर छोरा अस्पतालको शैयामा छटपटाइरहेको छ । निमोनियाको उपचार भएको छ । तर कोरोनाले गलाइसकेको उसको रिपोर्ट प्रयोगशालाबाट आउँन,जानकारी पाउँन स्वास्थ्य मन्त्रालय प्रवक्ताले मिटिङ गरेर रेडियो टेलिभिजनमा बजाएपछि आँउछ कस्तो विडम्बना हो यो ? कस्तो नीति बनाएको हो सरकारले ? कति मानसिक तनाव र पीडा भोगेहोला तपाई आफै अनुमान गर्नुस । म स्वास्थ्यसँग सम्बन्धि जानकार भएको राजनीतिक रुपमा पनि अरुलाई सम्झाउँदै हिड्ने मान्छेले त यति मानसिक पीडा भोगे भने सामान्य मानिसलाई कस्तो हुन्छ होला ? सरकार कसका लागी काम गर्दैछ ? जनताका समस्या एकातिर छन् तर सरकार प्रधानमन्त्री आफ्नै पार्टीको किचलो,पदिय लुछाचुडीमा व्यस्त छन्' उनले भने 'यसरी कोरोना परिक्षणमा लापबार्ही भएको छ । कोरोना पोजेटिभलाई नेगेटिभ भनेर पठाइएको छ । रिपोर्टको बारे जानकारी समयमा पाईदैन । सरकारलाई मन्त्रालयलाई जानकारी गराउँदा, टेकुमा मिटिङ बस्दा विरामीले उपचार नपाएर आर्यघाट पुगेपछि सरकारले जानकारी गराउँछ । यस्तो लाचारीपन किन र कहिलेसम्म ?

पर्शुराम राजनीतिक मोर्चाहरुसँगै पञ्चायतका विरुद्धमा बहुदलको पक्षमा भएका आन्दोलन,०४६ सालको प्रजातन्त्र बहालीका लागी भएका आन्दोलनदेखी गणतन्त्र स्थापित गर्न भएका आन्दोलनका घाईतेलाई समेत उपचार गर्ने कार्यमा अग्रमोर्चामा खटिएका थिए । उनले आफु र आफ्नो परिवार आजसम्म विभिन्न क्षेत्रका फ्रन्ट लाइनमै रहेर विभिन्न कार्य गरिरहेको बताउँछन् । उनले भने 'म यो कोरोनाको संक्रमणसँग चिन्तित थिइन र छैन पनि । मलाई थाहा थियो एक दिन यसको शिकार बन्न सकिएला । यसलाई सहज पार गरीन्छ भन्ने आत्मवल थियो र अहिले संक्रमित हुँदा पनि उत्तीकै आत्मवल रहेको छ । सरकारले गरेको ६ महिनाको लकडाउनमा हाम्रो परिवारनै स्वास्थ्य क्षेत्रमा पूर्ण रुपमा खटियो । हिजो अरुलाई सिटामोला ,मास्क साबुन वितरण गर्दै हिड्यौं । विशेषगरी दिर्घ रोगीहरुलाई सुगर–प्रेसरका औषधी सेवन गर्नेलाई औषधी पु¥याउँदै परिवारनै हिड्यौं । गोकर्णेश्वर नगरपालिका वडा १ र २ मा तापक्रम (ज्वरो) नाप्ने थर्मोमिट वडा २ मा त करिब सबै घर धुरीमा पुु¥याएका छौं । केही छुटेको जानकारी आएको त त्यसको पनि पूर्ती गर्नेछौं । अब वडा १ मा पनि सबैको माझ पु¥याउने हाम्रो लक्ष छ । यो कोभिडलाई जितेपछि अझै शशक्त रुपमा जनतामाझ सचेतनादेखी सहयोगका कार्यहरु गर्दै अगाडी बढ्ने छौं ।

अध्यक्ष पोखरेल भन्छन्- 'मलाई जब कोरोना संक्रमण भएको जानकारी आयो म आफ्ना साथी भाईहरु सँग हासीहासी जानकारी गराएको हुँ मलाई भय त्रास छैन । तर सरकारको रवैयाका कारण छोराले एकातिर पीडा बेहोर्यो भने यता परिवारले पीडा भोग्नु प¥यो ।त्यो पीडा एक बाबुको लागी कस्तो होला ? म त्यसमा राजनीतिक व्यक्ति सामाजिक दायराहरु छन्, कोभिडका मापदण्डहरु छन् । निस्कीएर पनि जानु भएन त्यसबेला सरकारको रवैया प्रति अत्यान्तै पीडाबोध भएको हो । कोरोना संक्रमितले समयमै जानकारी नपाएर उपचार नपाएर मर्नुपर्दा सरकारलाई एक मान्छे मात्र थपिएला तर जुन पीडित परिवार हुन्छ, उसको अवस्था के हुन्छ ? त्यो सरकार र ति निकायमा बसेकमा मान्छेले कहिले सोचेका छन ?

पर्शुराम दृढ विश्वासका साथ कोभिडसँग जुधिरहेका छन् । उनको दिनचार्य अहिले छोराको अवस्था पनि सुधार हुँदै गएकोले पहिला जस्तो चिन्ता छैन । उनीसँग विभिन्न पुस्तकहरु छन् तीनीहरुलाई अध्ययन गर्न पाएका छन् । उनी भन्छन् 'यो त मलाई पुस्तक पढ्ने मौका पाएको छु । तर एक्लोपन अत्यान्तै हुँदो रहेछ । काजकिरयामा समेत यस्तो अवस्था हुँदैन् । त्यहाँ त बोल्ने मान्छे हुन्छन् ।तर यो त विल्कुल फरक । हाम्रो समाजको नजर पनि हाउगुजीमै लागेको होकी भन्ने भान हुन्छ । अब कोरोनासँग अभ्यस्त हुनुपर्यो । कोरोना लागेका कोही अपराधी होइनन् ,अपराधीलाई हेर्ने र गर्ने जस्तो व्यवहार त्यागौं । रोग लाग्दैमा ठुलो अपराधीलाई जसरी हेर्ने समाजको परिपार्टी पूर्णत गलत छ । उनको आक्रोश त सरकार र जनप्रतिनिधीहरुसँग छ । भन्छन् 'संक्रमितलाई हेर्ने दृष्टीकोण देखी यस्ता संस्कारलाई हटाउनुको साटो मलजल काम गर्ने नुन,चुक छर्कने काम जनप्रतिनिधिहरुलेनै गरिरहेका छन् । यो अत्यन्तै दुखदायी कुरा हो । सरकार पैसा कमाउने खेलमा लागेको छ । जब कोभिड थिएन त्यसबेला देश लकडाउन ग¥यो । कोभिडको माहामारी सुरु भयो अनेक नाममा आफुहरुलाई तलब भत्ता नपुग्ने ठानेर कर उठाउने लगाएतका काममा लाग्यो । आफुहरुको तलब महिना पिच्छे आउने तर जनता भोकभोकै बस्नु पर्ने, मजदुरहरु १२/१४ दिन लगाएर घरतर्फ लागेको अवस्थामा सरकार कहाँ गयो ? ठुला भाषण र चर्का नारा लगाउँदैमा समाजवाद आउँदैन । जनताको आखाँमा छारो हाल्ने काम ओली सरकारले कहिलेसम्म गर्ने हो ? जनताको चुलो बल्न सकेको छैन्, प्राकृतिक विपत्त बाढी पहिरोमा यति धेरै जनधनको क्षति भएको छ सरकारलाई तेता कुनै मलतब छैन् । प्रधानमन्त्रीलाई तेताचासो छैन् । खाली पार्टीको भागवण्डा ,कसलाई सांसद बनाउने, कसलाई कसको मान्छेलाई नियुक्ति गर्ने,मैले भन्ने मान्छे परेन भने त्यसलाई नियुक्ति नदिने लगायतका यस्ता घृणीत काममा व्यस्त हुँनु समग्र उहाँहरुको राजनीति र सरकार माथीनै प्रश्न चिन्ह होइन ?

पर्शुरामलाई आफ्नै पार्टीको किचलो र रणाकोमा पनि चित्त बुझाई छैन । आन्तरिक विवादले नै कांग्रेस सकिने हो की भन्ने चिन्ता उनमा छ । भन्छन् 'कांग्रेस आन्तरिक विवादमा रोमलिएको छ । सबै वीपी भएका छन् ,एउटा गुटउपगुट भएपनि हुने १०/१२ गुट सृजना भएका छन् । यसले देश र कांग्रेसलाई कता लैजाला ? कांग्रेस सबै भन्दा पुरानो र ठुलो पार्टी अन्य कुनै पार्टीले कांग्रेसलाई सकाउने भन्ने कुरै छैन । कांग्रेस त प्रणाली हो । कांग्रेसलाई सकाउन कसैको लागतले पुग्दैन तर यहाँ त आन्तरिक कारणबाटै कांग्रेस धुजाधुजा हुनेभयो । वीपीको आर्दश , समाजवाद कहाँ हरायो । यो गम्भिर कुरा छ । सभापति विभाग गठन गर्दै जाने रामचन्द्र जी अनसन गर्दै जाने हो भन्ने कांग्रेसको भविष्य के हुने ? कोरोनाको बिषयमा कहाँ छ कांग्रेस ? जनतामाझ कतिको गएको छ कांग्रेस ? बाढी पिडितको मलम लगाउन कांग्रेस कहाँ पुग्या छ ? यो विषम परिस्थीति मिलेर जाने की आन्तरिक लडाईमा रोमलिने ? हिजो रााणविरुद्ध देखी प्रजातन्त स्थापन र गणतन्त्र स्थापना गर्न ठुला–ठुला आन्दोलन र परिवर्तनका सवालमा कांग्रेसले नेतृत्व गर्यो । हिजो दरबारलाई हटाउन त्यत्रो आन्दोलन कांग्रेसकै अगुवाईमा भयो, आज सरकारले भागवण्डा यो दल त्यो दल भन्दै भागवण्डा गर्दै छ, त्यही भागवण्डाको खेलमा कांगे्रस फस्दै छ । निष्पक्ष काविल कर्मचारी नियुक्ती हुनुपर्छ भन्नेमा सरकार त लागेन कांग्रेस त लाग्नु पर्यो नी । जनताको अवमुल्यन गर्दै जनताबाट हारेकाहरुलाई सांसद छिराउने सवालमा सरकार,रानीतिक दल लाग्नुले जनता भन्न थाले हिजोको आन्दोलनमा लागेर बेठिक गरिएछ की भन्दै छन् । यो अवस्था जनताको निराशालाई कांग्रेसले सम्बोधन गर्नुपर्छ । होइन यसरीनै राजनीतिक दल सरकार चल्न थाल्ने हो भने देशमा फेरि ठुलो आधिबेरी आउँनेछ त्यसलाई कसैले रोक्न सक्ने छैनन् ।'

पर्शुरामलाई सरकारप्रति अर्को संशय पनि छ ,सरकारले कोभिड नियन्त्रणमा राजनितिक दलको एउटा संयन्त्र बनाएर जाने कुरामा पनि सहमत भएन । उसले ठान्यो सबै मै सर्वेसर्वा, सबै ओली सरकारले गर्छ भन्दाको परिणाम आजको यो स्थिति आएको हो । प्रधानमन्त्रीकै पार्टी नेकपाका अध्यक्ष प्रचण्डले सबै दल लगाएतको समिति बनाउँ भनेकै थिए । तर त्यो प्रधानमन्त्रीलाई पाच्य भएन । उहाँले सोच्नुभयो यसको श्रेय मैले पाउँदिनकी भन्ने भयो । सत्तापक्ष-प्रतिपक्ष मिलेर काम गरौं भन्ने प्रधानमन्त्रीको चाहनै भएन । कोरोना नियन्त्रण म स्वयम एक्लैले गर्छु , मै सर्वेसर्वा भन्ने उहाँको अहंकार र भष्ट्रहरुलाई काखी च्याप्ने उहाँको यस खालको परिपाटीले उहाँलाई आफैले सकाउँदै हुनुहुन्छ । यसका ज्वलन्त उदाहरणहरु त विभिन्न विवास्पद नियुक्ती देखी,मेडिकल सामाग्री खरिदमा भएका भष्टाचारका घटना,आरडिटी गलत छ भन्दा भन्दै त्यसलाई चलाइराख्नु यस्ता थुप्रै घटना छन् । सरकारका केही मन्त्रीहरुको माग र स्वार्थ पूर्ती गर्न सेनालाई विवादमा तानिनु यावत छन् ।'

पर्शुरामको ठहरमा सरकारले कोरोनाको नाममा नेपालीहरुको परम्परा र संस्कार संस्कृतिलाई समेत ध्वस्त पार्दै छ । त्यही नेपाली सेना जो हाम्रा छोरा भाईले कोरोना संक्रमितलाई सतगत गर्न सक्छन् भने संक्रमितको घरका लाई किन सहभागी गराउन नसक्ने उनको प्रश्न छ । भन्छन् 'कोरोना त त्यो धुवाबाट त सर्ने होइन ,तर सरकार त यहाँ मेरो परिवारको शव कहाँ लगेर सतगत गरियो भनेर समेत जानकारी दिन चाहेको छैन् । कोरोना संक्रमणबाट मृत्यु भएका परिवारले मेरो बा-आमा छोरा/छोरी भाइबहिनाको शव कहाँ सतगत गरियो भनेर समेत हेर्न र जानकारी समेत पाउँन सकेका छैनन् । सरकारलाई के ले चलाउँदै छ ? कुन संस्कारले चलाउँदै छ ? सरकार त ज्यामार भएको छ । विभिन्न दातृ निकायहरुबाट कोभिड नियन्त्रणमा आएको पैसा कहाँ गयो भनेर सोध्ला की भनेर विभिन्न नयाँ मापदण्ड ल्याउँदै निको नभएकालाई पनि घर पठाउँदै छ। संकास्पद मृत्यु भएकाहरुलाई कोरोना परिक्षण नगर्ने भन्छ, कोरोनाको मृत्युदर लुकाउन खोजेर हो की के हो सरकारको कामनै बुझ्न नसकिने भयो ।'

आफै कोरोना संक्रमित भएका पर्शुरामले अन्य कोरोना संक्रमित,आमनागरिकसहित सरकारलाई यस्तो भन्छन् - 'मलाई कोरोनाको कुनै पनि लक्षण छैनन् तर रिपोर्ट पोजेटिभ आएको छ । म घरको आइसोलेसनमै छु । मैले एक्लोपना हटाउन विभिन्न पुस्तकहरु पढिरहेको छु । निरन्तर व्यायम गरिरहेको छु । सबै भन्दा त म आम जनतालाई के भन्छु भने सरकारले केही गर्ला भन्ने कुरा छाड्नुस् सरकार आफ्नै स्वार्थमा व्यस्त छ । हामी आफैले कोरोनोबाट बच्ने उपाय अबलम्बन गरौं । जस्तो गर्मीको समय भएता पनि तातो पानीलाई निरन्तरता दिनुस् । हाम्रा घर आगनमा पाइने हर्रो , बर्रो, गुर्जो,बेसार लगाएतका कुराहरुलाई खानुस् , रोग प्रतिरोधात्मक खानेकुराहरुलाई ध्यान दिनुस् । सबै भन्दा बन्द गर्नपर्ने कुराहरुमा कोल्ड ड्रिङ्क, वियर लगाएतका यस्ता पेय पदार्थ बन्द गर्नुस् , भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र बिशेषगरी साबुन पानीले हात धुन नर्बिसनुस । जथाभावी बाहिर निस्कने कामलाई बन्द गरौं, जथाभावि रुपमा खुलेका पसललाई बन्द गरौं । उनीहरुलाई राहतको व्यवस्था सरकारले गरोस । भट्टी पसल पूर्ण रुपमा बन्द गरौं र कोरोको डर र त्रास छोडेर यसबाट अभ्यस्त हुँदै जाने कुरालाई प्राथमिकता दिउ । मेरो यो विनम्र अनुरोध छ । कोरोना रिपोर्ट परिक्षण कति विश्वसनिय छ,त्यसलाई सरकारले राम्रो सँग जाँच गरोस,किन पोजेटिभलाई नगेटिभ भन्दै रिपोर्ट दिइन्छ । यस्तै गम्भीर लापरबार्हीबाट कतिको ज्यान गए होला त्यसको जिम्मा कसले लिने ? किन जनताको जिउधनमाथी यस्तो खेलवाड गरिदैं छ ?


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top