नेपाली   |  English

आज एकै दिन अहिलेसम्मकै धेरै २०२० जनामा कोरोना संक्रमण पुष्टि


A A A

डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।

काठमाडौं – नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ८७१ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।

संक्रमितमध्ये १७३ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा मोरङ, सिराहा, सुनसरी, ललितपुर, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु रहेका छन् ।

कुन जिल्लामा कति संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९८, चितवनमा १९१, मोरङमा ११८, सुर्खेतमा ११७, कास्की र रुपन्देहीमा ८६/८६, भक्तपुरमा ८२, ललितपुरमा ७९, बारामा ७८, सुनसरीमा ५८, सप्तरीमा ४५, नवलपरासीमा ४१ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै नवलपरासी पूर्वमा ३९, मकवानपुरमा ३०, रुकुम पश्चिममा २३, सिराहामा १९, बर्दियामा १८, पर्सा र कैलालीमा १७/१७, अछाममा १६, धादिङमा १४ र गोरखामा १२ जना संक्रमित फेला परेका छन् ।

धनुषा,अर्घाखाँची र रोल्पामा ९/९ जना, कञ्चनपुरमा ७ जना, झापा, रौतहट, काभ्रे, नुवाकोट, रामेछाप, लमजुङ, कपिलवस्तु र गुल्मीमा ६/६, तनहुँमा ५, सिन्धुपाल्चोक, पाल्पा र बाजुरामा ३/३ जना संक्रमित भेटिएका छन् ।

उदयपुर, भोजपुर, सर्लाही, बाँके र बैतडीमा २/२ जना र ओखलढुंगा, दोलखा, प्युठान, दैलेख, बझाङ र डोटीमा १/१ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top