नेपाली   |  English

संविधान दिवसको अवसरमा चार्टड फाउन्डेसन नेपालले अन्तरक्रिया कार्यक्रम गर्दै


A A A

प्रमुख वक्ताका रुपमा अर्थशास्त्री हरि रोका,राजनीतिक विश्लेषक मुमाराम खनाल तथा करविज्ञ तथा वरिष्ठ चार्टड एकाउन्टेट भवनाथ दाहालको उपस्थिती रहने छ।

काठमाडौ - संविधान दिवसको अवसरमा चार्टड फाउन्डेसन नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ। फाउन्डेसनले नेपालको संविधानमा वित्तिय पारदर्शीता सम्बन्धि प्रावधान र चार्टड एकाउन्टेन्टको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताका रुपमा अर्थशास्त्री हरि रोका,राजनीतिक विश्लेषक मुमाराम खनाल तथा करविज्ञ तथा वरिष्ठ चार्टड एकाउन्टेट भवनाथ दाहालको उपस्थिती रहने छ।

त्यस्तै कार्यक्रममा आईक्यानका उपाध्य़क्ष तथा वरिष्ठ चार्टड एकाउन्टेन्ट युद्ध राज बली र अर्का वरिष्ठ चार्टड एकाउन्टेन्ट तथा एक्यानका अध्यक्ष आनन्द शर्मा बाग्ले अतिथी वक्ताका रूपमा रहने चार्टड फाउन्डेसन नेपालका अध्यक्ष सिए प्रदिप अर्यालले जानकारी दिए ।

अध्यक्ष अर्यालका अनुसार कार्यक्रम कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै भोली अपरान्ह १ बजेदेखि ३ बजेसम्म जुममार्फत/फेसबुक लाईभमा पनि हुनेछ।

राष्ट्रको समग्र विकासमा चार्टड एकाउनटेन्टहरुको भूमिकालाई राज्यले नजरअन्दाज गर्दै आईरहेको अवस्थामा आफुहरुले पनि राज्यप्रतिको दायित्व र भुमिका निर्वाह गर्न सदा तत्पर रहेको र कार्यक्रम मार्फत हालको संविधानमा विधमान वित्तिय पारदर्शीताको विषयमा आवश्यक वहस र विश्लेषण गरिने अध्यक्ष अर्यालले बताए।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top