नेपाली   |  English

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

फाइल तस्बिर

A A A

चार किलोमा पुनः पहिरो खस्दा सडक अबरुद्ध भएको छ।

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अबरुद्ध भएको छ।

ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज विहान ४ः३० वजे पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी रहेको छ।

पहिरो खस्न रोकीए संगै बिहानै बाट सडक सफा गरिने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।

पहिरोका कारण सो सडक खण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन्।

बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ बजेबाट सडक एकतर्फी सञ्चालनमा ल्याईएको थियो।

सो सडकमा सोमबार रातिदेखि पटक पटक पहिरो खस्दै आएको छ। रासस


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top