कामनपा उपभोक्ता हित समितिले गर्यो हरितगृह तरकारी बजारबाट ४२ बोरा प्याज जफत

अनुगमनमा परेका सबैलाई १० बजे वाणिज्य विभागमा हाजिर हुन निर्देशन दिइएको छ ।
काठमाडौं – काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तिनकुनेको एक तरकारी बजारबाट ४२ बोरा प्याज जफत गरेर प्रहरीको जिम्मा लगाएको छ ।
तीनकुनेको हरितगृह तरकारी बजारमा बिहीबार बिहान छड्के अनुगमन गर्दा व्यापारीले लुकाएर राखेको प्याज बरामद भएको हो ।
विशेष गौतमको पसलबाट २९ र उन्नत सब्जी भण्डारबाट १३ बोरा प्याज जफत गरेको अनुगमन समितिका सदस्य उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले जानकारी दिए ।
यस्तै सोही तरकारी बजारबाट महँगोमा प्याज बिक्री गरेको आरोपमा दुलाल आलु प्याजका सञ्चालकलाई पनि समितिले कारबाही सिफारिस गरेको छ ।
अनुगमनमा परेका सबैलाई १० बजे वाणिज्य विभागमा हाजिर हुन निर्देशन दिइएको छ । उनीहरुलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुने बताएको छ ।
भारतले प्याज निर्यात बन्द गरेलगत्तै नेपाली बजारमा व्यापारीहरुले प्याजको कृत्रिम अभाव सिर्जना गरेका छन् ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)