नेपाली   |  English

मोटरसाइकल दुर्घटनामा सेनाका जमदारको मृत्यु

सांकेतिक तस्बिर

A A A

उनी नेपाली सेनाको श्री बक्स गुल्मी अर्थुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत थिए ।

जनकपुरधाम - सिरहामा भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खोटाङको घर भइ सुनसरीको इटहरी ४ बस्ने पेशल पाण्डे छन् । उनी नेपाली सेनाको श्री बक्स गुल्मी अर्थुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत थिए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१ स्थित मेदनी पुल सडक खण्डमा आफैंले चलाएको मोटरसाइकल दुर्घटना भई उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

को.२२ प २९४४ नम्बरको मोटरसाइकल चढेर पश्चिमबाट पूर्वतर्फ आउँदै गर्दा दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top