नेपाली   |  English

भारत र चीनका सेनाबिच सीमामा १००–२०० राउण्ड फायरिङ्ग!

फाइल तस्बिर

A A A

र्व एलएसीको प्याङ्गोग तालको उत्तरी किनारामा दुई देशका सेनाबिच गोली हानाहान भएको हो ।

एजेन्सी – सीमा क्षेत्रमा देखिएको तनावको अवस्था अन्त्यका लागि भारत र चीनका विदेश मन्त्रीबिच रुसमा भएको सम्झौता पूर्व वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुई देशका सेनाबिच गोली हानाहान भएको खबर द इन्डियन एक्सप्रेसले प्रकाशित गरेको छ ।

उच्च सरकारी स्रोतलाई उद्धृत गरी छापिएको खबरमा दुई देशका सेनाले १००–२०० राउण्ड गोली चलाएको उल्लेख छ ।

भारतका विदेश मन्त्री एस जयशंकर र चीनका विदेश मन्त्रीबिच सेप्टेम्बर १० मा रुसको मस्कोमा भएको वार्तामा तनाव कम गर्ने सहमति भएको थियो । त्यसको ठीक पूर्व एलएसीको प्याङ्गोग तालको उत्तरी किनारामा दुई देशका सेनाबिच गोली हानाहान भएको हो ।

सो गोली हानाहान चुशुल सब सेक्टरमा ७ सेप्टेम्बरमा भएको भन्दा ठूलो थियो । चुशुल क्षेत्रमा भएको गोली हानाहानलाई लिएर चीन र भारतले वक्तव्य जारी गरेका थिए र पछिल्लो ४५ वर्षमा एलएसीमा गोली हानाहान भएको यो पहिलो घटना रहेको बताएका थिए ।

सेप्टेम्बर ७ सोमबार भएको घटना चीनको सेना आफूहरु तर्फ बढेपछि उनीहरुलाई रोक्ने क्रममा भएको दाबी भारतीय सैनिकले जारी गरेको वक्तव्यमा उल्लेख थियो ।

चीनले त्यसअघि नै वक्तव्य जारी गरेर भारतीय सैनिकले गेरकानूनी रुपमा फेरि पनि चिनियाँ सैनिकमाथि वार्निङ्ग शट्स फायर गरेको दाबी गरेको थियो ।

तर दुवै देशले प्याङ्गोग क्षेत्रमा भएको गोली हानाहानबारे आधिकारिक रुपमा केही बताएका छैन ।

दुई देशका विदेश मन्त्रीबिच भएको वार्तापछिको सम्झौतामा सबै कायम सम्झौता र नियमहरु पालना गर्ने र तनाव बढाउने खालका कुनै गतिविधि नगर्ने सहमति भएको थियो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top