नेपाली   |  English

जापानको नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित

योशिहिदे सुगा

A A A

गएको महिना शिन्जो आबेले स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

काठमाडौं – योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । संसदमा बुधबार भएको चुनावमा सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

यसअघि जापानको सत्तारुढ पार्टीले योशिहिदेलाई नयाँ नेता बनाउने निर्णय गरेसँगै उनी प्रधानमन्त्री बन्ने पक्का भएको थियो ।

गएको महिना शिन्जो आबेले स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । ७१ वर्षका योशिहिदे यसअघिको मन्त्रीपरिषदमा मन्त्रीपरिषद सचिवको भूमिकामा थिए ।

उनी आबेका नजिकका सहयोगी हुन् । उनले प्रधानमन्त्रीका रुपमा आबेका नीतिहरु अघि बढाउने सम्भावना रहेको जनाइएको छ ।

सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी(एलडीपी) को बहुमत रहेको तल्लो सदनमा ४६२ मध्ये ३१४ मत सुगाले पाएका हुन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top