नेपाली   |  English

बढी मूल्यमा प्याज विक्री गर्ने एक व्यवसायी बल्खु बजारबाट पक्राउ


A A A

पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ ।

काठमाडौं – भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपालमा बढी मूल्यमा किनबेच हुन थालेको छ । यस्तो कार्यमा संलग्न भएको अभियोगमा बुधबार बल्खु बजारबाट एक जना व्यवसायी पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सुनिल केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो । टोलीले कानुनी कारबाहीका लागि केसीलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको जिम्मा लगाएको छ ।

उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ । अनुगमनका क्रममा वाणिज्य विभागले अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पूर्जी काटेको छ ।

उनीहरुले एक सय ३० रुपैयाँ प्रतिकिलोमा प्यास विक्री गरेको पाइएको अनुगमन टोलीका एक सदस्यले बताए । सोमबारसम्म प्याजको मूल्य प्रति किलो ७६ रुपैयाँ थियो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top