नेपाली   |  English

साढे १३ लाख लुटपाटको अभियोगमा बौद्ध प्रहरीले समातेका पाँचै जनालाई कोरोना पुष्टि


A A A

अभियुक्तमा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका आधारमा गरिएको परीक्षणका क्रममा कम्तिमा २४ जना प्रहरी कर्मचारीमा पनि संक्रमण पुष्टि भएको जनाइएको छ ।

काठमाडौं – महानगरीय प्रहरी वृत्त, बौद्धले चोरी अभियोगमा पक्राउ गरेका ५ जना अभियुक्तलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गर्नुअघि गरिएको पिसीआर जाँचमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बौद्ध प्रहरीका एक अधिकृतका अनुसार नेपाल मेडिकल कलेजको आइसोलसनमा उनीहरुलाई राखिएको छ । उनीहरुमाथि १३ लाख ५० हजार रुपैयाँ चोरी गरेको अभियोग छ ।

प्रहरीले चोरिएको मध्ये ८ लाख ७ हजार ५ सय रुपैयाँ पनि अभियुक्तहरुबाट बरामद गरेको छ । साथै, अढाइ लाख रुपैयाँ मूल्यांकन गरिएको मोटरसाइकल पनि बरामद भएको छ ।

अभियुक्तमा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका आधारमा गरिएको परीक्षणका क्रममा कम्तिमा २४ जना प्रहरी कर्मचारीमा पनि संक्रमण पुष्टि भएको जनाइएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top