नेपाली   |  English

विराटनगर महानगरपालिका– ११ का वडाध्यक्षलाई पनि कोरोना संक्रमण


A A A

यसअघि महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई पनि आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

मोरङ – विराटनगर महानगरपालिकाका अर्का एक वडाध्यक्षमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार वडा नम्बर ११ का अध्यक्ष तिर्थेन्द्र न्यौपानेमा संक्रमण पुष्टि भएको हो । यसअघि वडा नम्बर २ र ५ का अध्यक्ष कुमार पोखरेल र मीनकुमार आचार्यमा संक्रमण देखिएको थियो ।

ज्वरो आउनेसहित कोरोनासँग मिल्दो लक्षण देखिएपछि अध्यक्ष न्यौपानेले आइतबार परीक्षणका लागि स्वाबसंकलन गराएका थिए । सोमबार राति आएको पीसीआर रिपोर्टमा पोजेटिभ देखिएको हो।

वडाध्यक्ष न्यौपानेले हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । उनी चिकित्सकसँगको परामर्शपछि हाल होम आइसोलेशनमा रहेका छन् ।

हाल संक्रमित तीनै वडाध्यक्ष सत्तारुढ नेकपाको तर्फबाट वडाको नेतृत्व गरिरहेका जनप्रतिनिधि हुन् । उनीहरु तत्कालीन एमालेबाट उम्मेदवारी दिएर वडामा विजयी बनेका थिए ।

यसअघि, आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई पनि आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि आइतबार बेलुकाबाटै महानगरका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीलगायत कर्मचारी सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

मेयर पराजुलीको रिपोर्ट नेगेटिभ आएपछि सुरक्षित रहनका लागि केहीदिन विराटनगर महानगरद्धारा संञ्चालित जैन भवनमा बसेका छन् ।

कर्मचारी र जनप्रतिनिधिमा संक्रमण देखिन थालेपछि महानगरले पाँच दिनका लागि कार्यालयबाट प्रदान हुँदै आएका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top