नेपाली   |  English

भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध


A A A

भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ।

काठमाडौं – भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । कटिङ्ग गरिएका र पाउडर फार्मलाई छोडेर सबै किसिमका प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।

आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रणमा लिन यस्तो कदम चालिएको भारत सरकारले जनाएको छ।

हाल दिल्ली लगायतका शहरमा प्याज प्रतिकिलो ३५ देखि ४० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निर्यातमा रोक लगाएको हो ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ। नेपालमा हरेक वर्ष ठूलो परिणाममा भारतबाट प्याज आयात हुने गरेको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top