नेपाली   |  English

कुलमानको पुनः नियुक्तिबारे उर्जामन्त्रीको प्रस्ताव प्रधानमन्त्रीलेनै रोके,कुलमानको समर्थनमा माइतीघरमा प्रदर्शन

फाइल तस्बिर

A A A

उर्जामन्त्री बर्षमान पुनले बैठकको अन्तिममा मेरो पनि एउटा प्रस्ताव छ भनेको तर प्रधानमन्त्री ओलीले कानुन बुँझेर गरौला भन्दै उठेका थिए ।

काठमाडौं - कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । राष्ट्रिय झण्डासहित उपस्थिति युवाहरुको समूहले कुलमान नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

उनीहरुले मैन बत्ती बलेर कुलमानको पक्षमा निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

pardasan- kulman

सोमबारको मन्त्रिपरिषद बैठकमा कुलमानलाई पुनः नियुक्ति गर्न भन्दै ऊर्जा मन्त्रालयले लगेको प्रस्ताव प्रधानमन्त्रीले रोकेका छन् । एक मन्त्रीका अनुसार कुलमानबारे कुनै कुरा नभएको जानकारी दिए । स्रोतका अनुसार उर्जामन्त्री बर्षमान पुनले बैठकको अन्तिममा मेरो पनि एउटा प्रस्ताव छ भनेको तर प्रधानमन्त्री ओलीले कानुन बुँझेर गरौला भन्दै उठेका थिए ।

pardsahn

जनस्तरबाट भने कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न सरकारमाथि दबाव छ । केही कलाकारहरुले पनि प्रत्येक दिन राती ८ बजे कुलमानका पक्षमा ५ मिनेट बत्ती भिएर सरकारलाई नियुक्तिको लागि दबाव दिन अभियान चलाउन आह्वान गरेका छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top