नेपाली   |  English

भारतका राष्ट्रपति,प्रधानमन्त्रीदेखि व्यवसायिक गतिविधिसम्म चीनको निगरानी


A A A

तथ्यांकमा भारतका राजनीतिकसँगै व्यवसायिक क्षेत्रका व्यक्ति तथा गतिविधिहरुमा चीनले निगरानी गरिरहेको देखिएको हो ।

एजेन्सी – चीनले भारतका राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेता, मुख्यमन्त्रीहरु, प्रधानन्यायाधीश, व्यवसायिक गतिविधिसहितमा निगरानी गरिरहेको इन्डियन एक्सप्रेसमा प्रकाशित भएको विशेष अनुसन्धानात्मक रिपोर्टमा उल्लेख छ ।

चिनियाँ डाटा कम्पनी जेनुआले राजनीतिक व्यक्तित्वसहितका भारतीय व्यवसायिक गतिविधिलाई निगरानी गरिरहेको खबरमा उल्लेख छ ।

इन्डियन एक्सप्रेसका अनुसार जेनुआसँग विशेष गरी इन्टरनेटमा आधारित व्यवसायिक गतिविधिका कम्तीमा १४ सय डाटा रहेको छ ।

प्रविधि क्षेत्रका नयाँ व्यवसायिक गतिविधि, भुक्तानि सम्बन्धी एप्लिकेशनहरु तथा स्वास्थ्य सेवा सम्बन्धी व्यवसायिक गतिविधि, शहरी क्षेत्रमा यातायात सेवा प्रदान गर्नका लागि थालिएका नयाँ व्यवसायिक प्रयासहरुमा चीनले निगरानी गरेको दाबी खबरमा छन् ।

इन्टरनेटमा आधारित भएर सेवा प्रदान गर्ने कम्पनीका तथ्यांकहरु चिनियाँ फर्मले संकलन गरेको जनाइएको छ ।

चाइना रिभाइवल डटकम नामक वेबसाइट समेत सञ्चालन गर्ने जेनुआ डाटा नामक कम्पनीबाट चुहावट भएको तथ्यांकमा भारतका राजनीतिकसँगै व्यवसायिक क्षेत्रका व्यक्ति तथा गतिविधिहरुमा चीनले निगरानी गरिरहेको देखिएको हो ।

चीनको सेन्जेनमा रहेको कम्पनीले भारतसहित विश्वभरका दशौँ मानिस तथा व्यवसायिक कम्पनी एवम् संस्थाहरुमाथि निगरानी गरिरहेको खबरमा उल्लेख छ ।
चीनले व्यवसायी, बुद्धिजीविदेखि लिएर अपराधीहरुसम्मको निगरानी गरेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

विदेशी लगानीकर्ताहरुको लगानी भारतमा सेवा प्रदान गर्ने इ–कमर्स सेवाप्रदायकहरुमाथि पनि चिनियाँ निगरानी रहेको उल्लेख छ ।

चिनियाँ निगरानी कम्पनीले १० हजार भारतीय व्यक्ति तथा कम्पनी एवम् संस्थाहरुको तथ्यांकको सूचि बनाएको इन्डियन एक्सप्रेसले जनाएको छ । निगरानीको सूचिमा शैक्षिक संस्थाका प्राध्यापकहरु पनि रहेको उल्लेख छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top