नेपाली   |  English

मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीले असोज २ गते रक्तदान कार्यक्रम गर्दै


A A A

कोरोना महामारीकै कारण देशभर रगत आपूर्तीमा कमी आएको छ ।

काठमाडौं - देश कोरोनाको कहरका पिल्सीरहेको छ । सरकार र सम्बन्धित निकाय कोराना संक्रमण न्यूनिकरण तथा रोकथामको लागी दत्तचित्त भएर लागिपरेको छ । कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यकासहित देशभर बढ्दो क्रममा रहेको छ । उसो त कोरोनाले नेपालमा मात्र नभई विश्वमै त्राहिमाम बनाएको छ । कारोना कहरका कारण देशभर रगतको आपुर्तिमा कमि आउँन थालेपछि विभिन्न सामाजिक संघ संस्थाहरुले रक्तदान कार्यक्रमलाई तिव्रता दिन थालेका छन् । स्वर्गीय जननेता मदन भण्डारीको आर्दशलाई आत्मसात गर्दै उनका आर्दशलाई जीवन्त र अझ प्रभावकारी बनाउनुका साथै सामाजिक क्रियाकलापहरुमा अग्रसर रहँदै आएको मदन भण्डारी फाउन्डेसनले देशभरका कमिटीहरुलाई क्रियाशिल गराउँदै यो बिषम पस्थिीतीको मध्यनजर गरेर रक्तदान कार्यक्रमलाई तिब्रता दिएको छ ।

यसैबीच मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीले पनि असोज २ बृहत रक्तदानको कार्यक्रम आयोजना गरेको छ ।

महानगर कमिटीले असोज २ गते (शुत्रबार) काठमाडौं बौद्धस्थीत कुशल पार्टी प्यालेसमा रक्तदान कार्यक्रममो आयोजना गरेको मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटी अध्यक्ष टिका पराजुलीले जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रम बिहान ८ बजेदेखी ११ बजेसम्म चल्ने छ ।

अध्यक्ष पराजुलीले भने 'कोरोना महामारीकै कारण देशभर रगत आपूर्तीमा कमी आएको छ ।कोरोना संक्रमित बिरामीसहित अन्य बिरामीहरुले रगत नपाएर छट्पटीनु नपरोस भन्ने ध्ययेका साथ केही हदसम्म भएपनि यस्ता कार्यक्रमले सहयोग पुग्ने ठानरै रक्तदान कार्यक्रमलाई जोड दिएका हौं ।'

सरकारले तोकेको मापदण्ड र परिधिमा रहेर स्वास्थ्य सुरक्षाको उचित प्रवन्धसहित यथेष्ट भौतिक दुरी कायम गर्दै रक्तदान कार्यक्रमलाई व्यवस्थीत पारिने अध्यक्ष पराजुलीको भनाई थियो ।

'रक्तदान जीवन दान' भएको उल्लेख गर्दै फाउन्डेसनका महानगर सचिवालय सदस्य विकास चालिसेले हाम्रो एक पोका रगतले कसैको जीवन बच्छ भने यस्तो कार्यमा सम्पूर्ण रक्तदाता सहभागी भई सहयोग गरिदिन आग्रह गरे । उनले विषम परिस्थिति र अभावको समयमा गरिएको रक्तदानको महत्व अझ बिशेष रहने समेत बताए । 'कोरोना कहरका कारणबीच देशभर रगतको अभाव भएको छ । आज हामीले कसैको नयाँ जीवनको लागी रक्तदान गरौं' उनले भने 'भोली हामीहरुलाई समस्या पर्दा अन्य रक्तदाताले सहयोग गरेरै हाम्रो जीवन बच्ने हो, त्यसैले यस्तो पुण्यको कर्ममा सहभागी हुन सबैमा अनुरोध गर्दछु ।'

कमिटीले रगत आपूर्तीमा आएको कमिको केही हदसम्म भएपनि पूर्ती गर्न सबै रक्तदाताहरुलाई कार्यक्रममा सहभागी भई रगत दान गरिदिनुहुन आग्रह गरेको छ ।

मदन भण्डारी फाउन्डेसनको गोकर्णेश्वर नगर कमिटीले पनि गत साता रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको थियो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top