नेपाली   |  English

मार्सेसँग पिएसजी १–० ले पराजित,नेमारसहित पाँच खेलाडीले पाए रातो कार्ड


A A A

कोरोनाबाट निको भएर मैदान फर्केको पहिलो खेल नै नेमारको लागि खराब रह्यो

काठमाडौं – स्टार खेलाडी नेमारसहित पाँच खेलाडीले रातो कार्ड पाएको फ्रेन्च लिगको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) मार्सेसँग पराजित भएको छ। पिएसजीलाई मार्सेले उसैको मैदानमा १–० ले पराजित गरेको हो ।

फ्लोरिन थाउभिनले दोस्रो हाफमा गरेको गोल गर्नै मार्सेलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

कोरोना संक्रमणबाट निको भएर मैदान फर्केको पहिलो खेल नै नेमारको लागि खराब रह्यो । खेलमा नेमारसहित पिएसजीका ३ र मार्सेका २ खेलाडीले रातो कार्ड पाए । पाँच खेलाडीले नै इन्जुरी टाइममा रातो कार्ड पाएका थिए ।

पिएसजीका लिएनड्रो परेडेस र लेभिन कुर्जुवा र मार्सेका डानियो बेनेडेट्टो र जोर्डन अमाभवी झगडामा सामेल भएपछि रेफ्रीले रातो कार्ड देखाएका थिए । परेडेस र बेनेडेट्टोले दोहोरो पहेँलो कार्ड पाएका थिए ।

त्यसपछि नेमार पनि त्यसमा समावेश भए र उनले रातो कार्डको सामना गरे । भिएआर कन्सल्ट पछि नेमारलाई रातो कार्ड देखाइएको थियो।

मैदान बाहिरिँदा नेमारले फोर्च अफिसियलसँग आफूलाई रेसिस्ट कमेन्ट भएको बताएका थिए ।

सन् १९८४८५ पछि पिएसजीले पहिलो पटक लिगमा सुरुवाती दुई खेल हारेको हो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top