नेपाली   |  English

मनाली फर्किनु अगाडि कंगनाले लेखिन्-'भारी मन लिएर म फर्किदैछु,मलाई कमजोर संझिएर निकै ठूलो भुल गर्दैछन्'


A A A

मुम्बइमा रहँदा मलाई निरन्तर आतंकित बनाउने काम गरियो ।

काठमाडौं – ५ दिन अगाडि मनालीबाट मुम्बई आएकी बलिउड नायिका कंगना रनावत फेरि आज आफ्नै घर मनाली फर्किएकी छिन् । बीएमसीले अवैध निर्माण भएको भन्दै उनको अफिस तोडफोड गरेपछि उनी मुम्बई आएकी थिइन् ।

मुम्बई आएपछि कंगनाले महाराष्ट्र सरकारको विरुद्धमा आवाज उठाइन् । मनाली फर्किनु अगाडि ट्विट गर्दै कंगनाले लेखेकी छिन्–‘भारी मन लिएर म फर्किदैछु । मलाई कमजोर संझिएर मानिसहरु निकै ठूलो भुल गर्दैछन् ।


बीएमसीले आइतबार कंगनाको घरको सम्बन्धमा एक नोटिस सार्वजनिक गरेको छ । उनी, खारस्थित एक घरको पाँचौ तलामा बस्ने गर्छिन् । जहाँ, कंगनाको ३ वटा फ्ल्याट छ । यो घर निर्माण पनि अवैध भएको भन्दै बीएमसीले नोटिस सार्वजनिक गरेको छ । यो घर निर्माणको मुद्दा अहिले अदालतमा चलिरहेको छ ।

कंगनाले ट्विट गर्दै लेखेकी छिन्–‘मुम्बइमा रहँदा मलाई निरन्तर आतंकित बनाउने काम गरियो । मेरो अफिसपछि मेरो घर तोड्ने कोशिश पनि गरियो । मलाई निरन्तर गाली आइरहेको छ । ममाथि हमला गर्नका लागि सुरक्षाकर्मी पनि तैनाथ थिए । म फेरि भन्न चाहन्छु कि, पीओकेको बिषयमा मैले बोलेको कुरा सही थियो ।’


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top