नेपाली   |  English

कोरोनाका कारण सुनसरीमा दुई संक्रमितको मृत्यु

फाइल तस्बिर

A A A

४० वर्षीय पुरुषको गए राति मृत्यु भएको र उनमा दीर्घ रोगको कुनै समस्या नदेखिएको

सुनसरी – कोरोना भाइरसका कारण मोरङका दुई जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

मृतकमध्ये एक जना विराटनगर र अर्को धनपालथानका हुन् । मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको गए राति मृत्यु भएको र उनमा दीर्घ रोगको कुनै समस्या नदेखिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

त्यस्तै विराटनगर महानगरपालिका–१२ का ७० वर्षीय वृद्ध पुरुषको पनि उपचारका क्रममा प्रतिष्ठानमै हिजो दिउँसो २ बजे मृत्यु भएको हो ।

ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने लगायतका समस्या देखिएपछि उनलाई सुरुमा उपचारका लागि म्याक्स अस्पतालमा भर्ना गरिएको थियो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top