नेपाली   |  English

यी हुन् महिलामा हुनुपर्ने ३२ गुण


A A A

३२ गुणले युक्त भएकी नारीलाई सर्वश्रेष्ठ मानिन्छ ।

काठमाडौं – हिन्दू धर्म अनुसार कुनै युवतीलाई ३२ गुणले युक्त भएको मानिनु भनेको ऊ पूर्ण रुपमा उत्कृष्ट हुनु भन्ने बुझिन्छ । सामाजिक रुपमा पनि ३२ गुणले युक्त भएको या नभएको भन्दै युवतीको तुलना गर्ने चलन छ ।

विवाहका बेला वर र वधुको चिना मिलाउँदा पनि युवतीको गुणलाई महत्त्व दिइएको पाइन्छ । ३२ गुणले युक्त भएकी नारीलाई सर्वश्रेष्ठ मानिन्छ । हिन्दू शास्त्रले कस्ता युवतीलाई ३२ गुणले युक्त भनेको छ त ? आऊनुस् यसबारेमा जानौंः


यी हुन् महिलामा खोजिने ३२ गुणः

१. पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ।

२. हातका औँला लामा–लामा हुनु ।

३. औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।

४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।

५. शरीरमा विभिन्न सात सुगन्ध हुनु ।

६. हरिणका जस्ता फिला हुनु ।

७. गुप्ताङगहरु गुप्त रहनु ।

८. शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।

९. शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।

१०. काँध पुष्ट, चौडा र गोलो हुनु ।

११. पाखुरा राम्ररी फर्कने हुनु ।

१२. पाखुरा लामा हुनु ।

१३. सम्पुर्ण शरीर तेजोमय हुनु ।

१४. शंख समान घाँटी हुनु ।

१५. सोझो र सिंहको जस्तो चिउँडो हुनु ।

१६. ३२ वटा दाँत हुनु ।

१७. चम्किला र टमक्क जोडिएका दाँत हुनु ।

१८. समान मिलेका दाँत हुनु ।

१९. बङ्गारा स्वच्छ र सुन्दर हुनु ।

२०. जिब्रो लामो हुनु ।

२१. विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।

२२. पातलो (सुरिलो) स्वर हुनु ।

२३. विभिन्न विषयमा ज्ञानको चासो राख्न खोज्नु ।

२४. कुरा (बाचा)मा अडिक रहनु ।

२५. आँखीभौँका बीच रौँका कोमल र सूक्ष्म रेखा हुनु ।

२६. मिलेको कपाल हुनु ।

२७. अल्छी नहुनु ।

२८. अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।

२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।

३०. चमक्क चम्किने केश हुनु ।

३१. स्वभाव लज्जालु हुनु ।

३२. दुढ आत्मविश्वास हुनु ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top