नेपाली   |  English

जब काठमाडौंको मुल सडकमा एभ्रो विमान गुड्यो!


A A A

काठमाडौँको सडकमा दुर्लभ दृष्य देखियो। सडकमा विमान गुडिरहेको थियो ।

काठमाडौं – शनिबार बेलुका साँझ थप गहिरिँदै थियो, काठमाडौँको सडकमा दुर्लभ दृष्य देखियो। सडकमा विमान गुडिरहेको थियो ।

विमानको पंखा थिएन र त्यसलाई सेनाको सहायतामा गुडाइएको थियो, तर विमान रनवेमा होइन मुल सडकमा थियो । विपदको अवस्थ आएर सो विमान सडकमा गुडेको थिएन ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटीमा राख्नका लागि बाटोमै गुडाएर लगिँदै थियो शनिबार साँझ । विमानस्थलबाट सो विमानलाई गाडीले तानेर लगिएको हो ।

biman - ktm sadak 00

तीनकुनेमा रेलिङमा विमानको पछाडिको भाग ठोक्किएपछि केहीबेर समस्या भएको थियो । नारायणहिटी संग्राहलय लैजानका लागि विमानस्थल कार्यालयले सेनालाई स्वीकृति दिएको हो ।

गएको वर्ष रक्षा मन्त्रालयले पूर्वराजाले प्रयोग गरेका विमान र हेलिकप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो । शनिबार बेलुका सडक मार्ग भएर लगिएको यो विमान २०३१ मा नेपाल ल्याइएको थियो । यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गरेका थिए ।

विमानस्थलबाट तीनकुने–बानेश्वर–माइतीघर हुँदै विमान संग्राहलय लगिएको हो।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top