नेपाली   |  English

दाङको लमही–घोराही सडकखण्ड भासियो

भासिएको लमही–घोराही सडकखण्ड

A A A

सडकमा चिरा परेका छन् ।

दाङ – दाङको लमही–घोराही सडकखण्ड भत्किएपछि एकतर्फीमात्रै सवारी सन्चालन गरिएको छ ।

लमही नगरपालिकामा पर्ने कुल्मोहर भन्ने स्थानबाट करिब २ किलोमिटर टाढा सडक भासिएको हो । पक्की सडकको एकातिरको भाग पहिरो गएजसरी भत्किएको छ । साथै सडकमा चिरा परेका छन् ।

दुर्घटनाको जोखिम रहेकाले भासिएको ठाउँमा एकतर्फी सडक सन्चालन गरिएको छ ।

सडक भासिएको स्थानमा वडा प्रहरी कार्यालयको टोली खटाइएको छ । सडक मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ ।

लमही–घोराही सडकखण्ड हाल जीर्ण हुँदै गएको छ । ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन् । घोराही क्षेत्रमा सिमेन्ट कारखाना भएका र ती कारखानाका लागि आवश्यक ठूला टिपर र मालवाहक ट्रक नियमित सन्चालन हुँदा सडक जीर्ण बन्दै गएको स्थानीय बताउँछन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top