नेपाली   |  English

कास्कीमा कोरोनासम्बन्धी अफवाह फैलाउने २ जना पक्राउ

सांकेतिक तस्विर

A A A

उनीहरुले नेगेटिभ रिपोर्टलाई पोजेटिभ भनी सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

काठमाडौं - सामाजिक सञ्जालमा कोरोना भाइरसको पीसीआर रिपोर्टसम्बन्धी अफवाह फैलाएको अभियोगमा कास्कीमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पर्वतको मोदी गाउँपालिका ७ घर भई पोखरा महानगरपालिका ५ बस्ने २९ वर्षीय ईश्वर रिमाललाई बुधबार र चितवन भरतपुर महानगरपालिका ४ घर भई पोखरा नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साललाई बिहीबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट कोभिड१९ पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दबैजनाले उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी अफवाह फैलाएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनीहरुले नेगेटिभ रिपोर्टलाई पोजेटिभ भनी सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top