नेपाली   |  English

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा कोरोना देखिएपछि बैंक बन्द,अधिकांश कर्मचारीमा लक्षण देखियो

फाइल तस्विर

A A A

एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अधिकांश कर्मचारीमा लक्षण देखिएकाले सेवा प्रवाह बन्द गरिएको

रौतहट - रौतहटको गरुडा बजारस्थित राष्ट्रिय वाणिज्य बैंकका एक जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि बैंक अनिश्चितकालका लागि बन्द गरिएको छ।

बैंकका शाखा प्रबन्धक घनश्याम कटुवालले एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अधिकांश कर्मचारीमा लक्षण देखिएकाले सेवा प्रवाह बन्द गरिएको बताए।

पहिलेदेखि नै कर्मचारीको ग्राहकसित प्रत्यक्ष भेटघाट नभई सीमित कर्मचारीमार्फत् सेवा प्रवाह गराइरहेकोले कर्मचारीबाट ग्राहकमा संक्रमणको भने सम्भावना नरहेको कटुवालले बताए।

अधिकांश कर्मचारीमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएपछि परीक्षण गरिने बैंकले जनाएको छ।

परीक्षणको नतिजा नआउन्जेलसम्म सबै कर्मचारी आइसोलेसनमा बस्नुपर्ने हुँदा बैंकबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको शाखा प्रबन्धक कटुवालले बताए।

उनका अनुसार गरुडा नगरपालिकालाई कोरोना परीक्षणको पहलका लागि जानकारी गराइएको छ। कर्मचारी संक्रमित भएपछि बैंकको केन्द्रीय कार्यालयले शाखा सिल गर्न निर्देशन दिइसकेको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top