नेपाली   |  English

अभिनेत्री कंगनाको अफिसमा चल्यो डोजर

अभिनेत्री कंगना रनौतको मुम्बईस्थित कार्यालयमा डोजर चल्दै

A A A

महानगरपालिकाले अफिसको निर्माण अवैध तरिकाले भएको भन्दै २४ घन्टाको अल्टिमेटमसहित नोटिस टाँसेको थियो ।

काठमाडौं - बलिउड अभिनेत्री कंगना रनौतको मुम्बईस्थित कार्यालयमा डोजर चलेको छ।

अवैध ढंगले निर्माण गरिएको भन्दै मुम्बई महानगरले कंगनाको कार्यालय भवनमा डोजर चलाएको हो।

कंगना रनौतले ट्वीट गरेर घटनाप्रति विरोध जनाएकी छन्। उनले एकपटक फेरि मुम्बई प्रहरीको तुलना ‘पाकिस्तान अधिकृत कश्मीर’ सँग गरेकी छन्।

उनको पछिल्लो यो अभिव्यक्तिले हंगामा मच्चिएको थियो । कंगना बुधबार मात्रै हिमाचल प्रदेशबाट मुम्बई फर्किँदै छिन्।

उनले बाटोबाटै ट्वीटमा भनेकी छिन्, ‘यस्तो समय जब म मुम्बई दर्शनका लागि एयरपोर्ट गइरहेकी छु, महाराष्ट्र सरकार र उनका गुण्डाले मेरो प्रोपटीमा अवैध तरिकाले तोडफोड गरेका छन्।’

महानगरपालिकाले अफिसको निर्माण अवैध तरिकाले भएको भन्दै २४ घन्टाको अल्टिमेटमसहित नोटिस टाँसेको थियो ।

त्यसको केही समयपछि उनको अफिसमा डोजर, क्रेन, हथौडा लिएर पुगेका बीएमसीका कर्मचारी र मजदुरले अफिस भत्काएका हुन्।

यसैबीच समाचार एजेन्सी एएनआईका अनुसार कंगनाका वकिलले मुम्बई हाई कोर्टमा बीएमसीको कारबाहीकाविरुद्ध उजुरी दायर गरेका छन्।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top