नेपाली   |  English

सुशान्त प्रकरण : रिया चक्रवर्ती पक्राउ

फाइल तस्विर

A A A

सुशान्तलाई ड्रग्स दिएको रियाले स्वीकारेको बताएको छ ।

मुम्बई – सुशान्त सिंह राजपूतकी पूर्वप्रेमिका तथा भारतीय कलाकार रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले पक्राउ गरेको छ । मंगलवार एनसीबीको टोलीले उनलाई पक्राउ गरेको हो ।

भारतीय मिडिया जी न्यूजका अनुसार रियाले सुशान्तलाई लागूऔषध दिइएको आरोपमा पक्राउ गरेको हो । यो केशमा यसअघि प्रहरीले अन्य केहीलाई पक्राउ गरिसकेको छ भने रियालाई पनि सोधपुछ गरेको छ ।

गत १४ जुनमा सुशान्त सिंह राजपूत मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत अवस्थामा भेटिएका थिए । उनको आत्महत्यापछि प्रेमिका रियालाई शंकाको घेरामा राख्दै सीबीआई र एनसीबीको टिमले अनुसन्धान गरिरहेको छ ।

जी न्यूजले सुशान्तलाई ड्रग्स दिएको रियाले स्वीकारेको बताएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top