नेपाली   |  English

तलब सरकारी शिक्षकको खाने काम नेकपाको पार्टी प्रवेशमा खादा लगाउँदै हिड्ने ?

प्राध्यापक कुलप्रसाद खतिवडा नेकपा प्रवेश गर्नेलाई खादा लगाउँदै

A A A

ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर २ स्थित बरुणेश्वर उच्च माविका प्राध्यापक कुलप्रसाद खतिवडाको हकमा भने त्यस्तो देखिँदैन।उनी जनताको करबाट तबल भत्ता खान्छन् । सरकारी स्थायी शिक्षक हुन् तर शक्ति र राजनीतिक पहुँचका आधारमा उनी देशकै ठुलो पार्टी नेकपाको संगठन निर्माणमा खुलेर जुटेका छन् ।

काठमाडौं - लोकतन्त्रमा राजनीति गर्ने मन नपर्दा एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने पार्टी फुटाउने र जोडिने स्वतन्त्र अधिकार सबै नेपाली नागरिकलाई हुन्छ।नेपाली राजनीतिमा पार्टी फुट्ने र जुट्ने कुनै नौलो विषय होइन। नागरिकलाई दिएको स्वतन्त्र अधिकारले एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने प्रचलन पनि खासै नौलो र आश्चर्य मान्नु खासै कारण छैन । तर खास सवाल त्यस्तो बेला हुन्छ जसबेला जनताको करको पैसाले सरकारका संयन्त्र चल्छन् विकास निमार्ण चल्छन्, सरकारी कर्मचारीहरुले तलब थाप्छन् । जनताले तिरेको पैसा जनताको सेवामा समर्पीत हुनुपर्छ भन्ने वाक्यशंनै लोकतन्त्रको सुनौलो पक्ष हो । सरकारी जागिर खाएको बाहालवाला निजामती तथा शिक्षक कर्मचारीले कुनै पनि राजनीतिक पार्टीको सदस्यता बोक्ने र खुलेर राजनीति गर्ने वा पार्टी प्रवेश गराउन सक्रिय भएर लाग्ने नपाईने कानुनी प्रावधान छ । यदि राजनीति गर्नु छ भने सरकारी जागिर छोडेर पार्टीमा आवद्ध हुनुपर्ने व्यवस्था संविधानले गरेको छ । तर सरकारी तलब थाप्ने काम कुनै राजनीतिक दलको काममा सक्रिय हुने,पार्टी प्रवेश गराउँदै खादा लगाउँदै हिड्ने काम शिक्षकलाई पक्कै शोभनिय पनि हुँदैन । कानुनले पनि दिदैन । तर ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर २ स्थित बरुणेश्वर उच्च माविका प्राध्यापक कुलप्रसाद खतिवडाको हकमा भने त्यस्तो देखिँदैन।उनी जनताको करबाट तबल भत्ता खान्छन् । सरकारी स्थायी शिक्षक हुन् तर शक्ति र राजनीतिक पहुँचका आधारमा उनी देशकै ठुलो पार्टी नेकपाको संगठन निर्माणमा खुलेर जुटेका छन् ।

खतिवडालाई जिल्लामा शिक्षक भन्दापनि नेकपाको नेताका रुपमा चिनिने गरिएको छ। खतिवडाले नेकपाका गाउँ तहदेखि राष्ट्रिय तहसम्मका हरेक कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाउँदै आएका छन्। अझ लाज मर्दो कुरा त के भने 'जो चोर उसकै ठुलो स्वर ' भने जस्तै उनले कम्युनिष्ट पार्टीको सत्ताको दुरुपयोग गर्दै र सरकारी शिक्षकको मर्यादालाई भुल्दै आम नागरिकलाई तथा उनको कार्यप्रति विरोध गर्ने मिडियालाई विभिन्न कारण देखाउँदै गाली गलौंज गर्नेदेखि धम्की दिने समेत गरेका छन् ।उनले आफ्नो फेसबुक पेजमा समेत धम्की पुर्ण चुनौतिको भाषा पोष्ट गरेका छन्।

kul3

खतिवडा तत्कालिन माओवादी निकट शिक्षक संगठनसँग आवद्ध सरकारी शिक्षक हुन्। खतिवडा हर्कपुरको एक मात्र मावि विद्यालय श्री जीवनप्रदीप माविको शिक्षक रहेका थिए। विभिन्न कारणले खतिवडापछि गाउँमा बस्ने वातावारण नमिलेका कारण रामपुर स्थित बरुणेश्वर माविमा सरुवा भएर गएका थिए ।अहिले खतिवडा सरकारी शिक्षकको तलब भत्ता खाएर नेकपाको संगठन विस्तारमा लागेका छन् । मोलुङ गाँउपालिका वडा नम्बर ४ मा नेकपाको संगठन विस्तारका नाममा अन्य पार्टीका कार्यकर्तालाई नेकपा पार्टी प्रवेश गराउँदै हिडेका छन् ।खतिवडाले आफ्नो फेसबुक पेजमा नेकपाको संगठन विस्तार अभियानमा आफु सहभागी भइ पार्टी प्रवेश गर्ने कार्यकर्तालाई अबिर माला तथा खादा आढाएर पार्टी प्रवेश गराएका तस्वीरहरू पोष्ट गरेका छन् ।

kul

नेपालको संविधानले तथा शिक्षा नियमावलीले सरकारी शिक्षकलाई राजनीतिमा आउँन बञ्चित गरेको छ । तर निययमावलीको बेवास्ता गर्दै आफुलाई नै कानुनको किताब सम्झेर खतिवडाले खुल्लेआम राजनीति गरिरहँदा समेत सम्बन्धीत निकाय अर्थात् जिल्ला शिक्षा कार्यालय मौन बसेको देखिन्छ । सरकारी शिक्षक भएर खुलेआम राजनीति गर्दै हिड्दा समेत खतिवडालाई कुनै कारबाही हुन सकेको छैन। खतिवडालाई कारबाही हुन नसक्नुको कारण गाउँपालिका र वडामा नेकपाका जनप्रतिनीधि भएकाले राजनीतिक आडमा र संरक्षणमा खतिवडाले आश्रय पाएका छन्।यसरी सरकारी शिक्षकको तलब भत्ता खाएर नेकपाको संगठन विस्तारमा लागेका खतिवडालाई कहिले र कसले कारबाही गर्ने हो ? जिल्ला शिक्षा कार्यालयका अधिकारीले किन कानमा तेल हालेर बसेको ? यो प्रश्न उनै विद्यालय र शिक्षकहरुको नियमन र निरक्षण गर्न बसेका अधिकारीलाई । यसरी खुलेआम राजनीति गर्नेहरुले सरकारको तलबमा डुबुल्की नमारी,शिक्षक पेशा अर्कालाई सुम्पिएर राजनीतिक सागरमा हाम फाल्दा पो हुन्थ्यो की।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top