नेपाली   |  English

भारतमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्दो,विश्वमै दोस्रो धेरै संक्रमित हुने देशमा उक्लियो

फाइल तस्विर

A A A

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दक्षिण अमेरिकी देश ब्राजिलमा भन्दा पनि धेरै

काठमाडौं - छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दक्षिण अमेरिकी देश ब्राजिलमा भन्दा पनि धेरै भएको छ । अर्थात संक्रमितको संख्यामा भारत अब विश्वमै दोस्रो स्थानमा छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकापछि भारतमा संक्रमितको संख्या धेरै पुगेको हो।

जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार भारतमा कुल संक्रमितको संख्या ४२ लाख चार हजार भन्दा बढी पुगेको छ । ब्राजिलमा संक्रमितको संख्या ४१ लाख ३७ हजार भन्दा धेरै रहेको छ ।

पछिल्लो दिनहरुमा भारतमा संक्रमितको संख्या दैनिक ९० हजारको हाराहारीमा थपिरहेका छन् । भारतमा हालसम्म कोभिड–१९ बाट ७१ हजार ६ सय भन्दा बढीको ज्यान गएको छ ।

भारतमा लकडाउन खुलाएर जनजीवन सामान्य बनाउने क्रम जारी रहँदा संक्रमण अति तीव्र गतिमा बढिरहेको हो । ज्यान गुमाउनेको संख्यामा ब्राजिल दोस्रो नम्बरमा छ, त्यहाँ एक लाख २६ हजार ६ सय भन्दा बढीको ज्यान गइसकेको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ६२ लाख ७६ हजार भन्दा बढी संक्रमित भएकोमा एक लाख ८९ हजारको मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म दुई करोड ७१ लाख तीन हजार भन्दा बढी संक्रमित भएका छन् र ८ लाख ८३ हजार भन्दा बढीको ज्यान गएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top