नेपाली   |  English

गोरखा अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

फाइल तस्विर

A A A

गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

काठमाडौं -  गोरखा अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गोरखा नगरपालिकाकी ७६ वर्षीय ती महिला शनिबार अस्पताल भर्ना भएकी थिइन् । आईसीयूमा उपचारकै क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अस्पतालका अनुसार महिलाको ब्रेनह्यामरेज भई मृत्यु भएको हो ।

मृत्युपछि शनिबार नै उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुबेदीले बताइन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १९ पुगेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top