नेपाली   |  English

कलेजो रोग विशेषज्ञ डा. सुजितले गरे अर्पाटमेन्टको आठौं तलाबाट हाम फालेर आत्महत्या


A A A

उनी केही समययता श्रीमतीसँग छुट्टीएर बस्दै आएका थिए।

काठमाडौं – भारतको मेदान्त अस्पतालमा कार्यरत रोबोटिक कलेजो प्रत्यारोपणका विशेषज्ञ नेपाली चिकित्सक डा. सुजित कुमार साहले आत्महत्या गरेका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार ४० वर्षीय साहले मंगलबार आफू बस्दै आएको गुडगाँउको अर्पाटमेन्टको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।
घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी घरेलु समस्याका कारण डा. साहले आत्महत्या गरेको हुनसक्ने बताएको छ

डा. साहका परिवार भारतको हिमान्चल प्रदेशमा बस्दै आएका छन्, भने उनकी श्रीमती र ६ वर्षकी छोरी पश्चिम बंगालमा बस्दै आएकी छन्।

उनी केही समययता श्रीमतीसँग छुट्टीएर बस्दै आएका थिए। उनले तीन वर्षदेखि मेदान्त अस्पतालमा रोबोटिक लिभर ट्रान्सप्लान्ट सर्जनका रुपमा काम गर्दै आइरहेका थिए।
उनले पोखराको मणिपाल मेडिकल कलेजबाट एमबीबीएस तह पूरा गरेपछि भारतको चन्डीगढबाट एमएस तह पास गरेका थिए।
त्योपछि डा. साहले भारतको एम्स कलेजबाट एमसीएच तह पूरा गरेर कलेजो प्रत्यारोपण विज्ञ चिकित्सकका रुपमा काम गर्न थालेका थिए।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top