नेपाली   |  English

गोर्खा राइफलमा कार्यरत क्याप्टेन थापाको लद्दाखमा मृत्यु


A A A

थापा कुन गोर्खा रेजिमेन्टमा कार्यरत थिए र उनको ठेगाना कहाँ हो भन्ने खुलेको छैन ।

एजेन्सी -भारतीय सेनाको गोर्खा राइफलमा कार्यरत क्याप्टेन दीक्षान्त थापाको मृत्यु भएको छ ।

पूर्वी लद्दाखमा गाडीको ठक्करबाट क्याप्टेन थापाको मृत्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

आइतबार राति एक ट्रेलरले सेनाको गाडीलाई ठक्कर दिँदा क्याप्टेन थापाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आइतबार बेलुकी ज्यान गुमाएका थापा कुन गोर्खा रेजिमेन्टमा कार्यरत थिए र उनको ठेगाना कहाँ हो भन्ने खुलेको छैन ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top