नेपाली   |  English

शेर्पा किदुक साईप्रसको ५ औं वार्षीक उत्सवसँगै नयाँ कार्यसमिति चयन,अध्यक्षमा ङिमदिकि शेर्पा


A A A

अध्यक्ष निमा याङ्जुम शेर्पाको सभापतित्वमा लिमासोल शहरमा बसेको बैठकले ङिमदिकि शेर्पाको अध्यक्षतामा एक सल्लाहकार सहित १४ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

साईप्रस - शेर्पा किदुक साईप्रसको नयाँ कार्यसमिति चयन भएको छ । किदुक साईप्रसको स्थापनाको पाँचौ बर्ष गाठको उत्सवसंगै नयाँ कार्यसमिति गठन गरिएको हो । अध्यक्ष निमा याङ्जुम शेर्पाको सभापतित्वमा लिमासोल शहरमा बसेको बैठकले ङिमदिकि शेर्पाको अध्यक्षतामा एक सल्लाहकार सहित १४ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नवगठित कार्य समितिमा हरेक शहरबाट १/१ जना उपाध्यक्षय सहितको कार्यसमिति निमार्ण गरिएको शेर्पा किदुक साईप्रसले जनाएको छ ।

कार्यसमिति अध्यक्षमा ङिमदिकि शेर्पा, सल्लाहकार निमायाङ्जुम शेर्पा, बरिष्ठ उपाध्यक्ष मिना शेर्पा, महासचिव निमा ल्हमु शेर्पा,सचिव सेडुप पेम्बा रिन्जि शेर्पा,कोषाध्यक्ष कान्छि लामा,सह कोषाध्यक्ष फुलामि शेर्पा, लिमासोल उपाध्यक्ष छिरिङ याङजुा शेर्पा,पापोस उपाध्यक्ष पासाङ लामा,लार्नाका उपाध्यक्ष पसि शेर्पा रहेका छन् भने सदस्यहरूमा ङ्कि शेर्पा , निमा लह्मु शेर्पा , पेमा याङ्जि शेर्पा, र डोल्मा शेर्पा सर्वसहमत चयन भएका छन् ।

cp

शेर्पा किदुक साईप्रस स्थापना भएको पाँचौ वर्षको उपलक्ष्यमा वार्षिक उत्सव मनाईएको हो । किदुक साईप्रस सन् २०१५ मा स्थापना भई विदेशि भुमिमा रहेर पनि आफ्नो पहिचान,कला र संस्कृति लाई जिवन्त राख्नुका साथै आफ्नो संस्कार संस्कृति लाई संरक्षण गर्ने र समाजमा रहेका दिन दुखिहरूलाई सहयोग गर्ने उदेश्यले किदुक साईप्रस स्थापना भएको हो ।

किदुकले विभिन्न चरणमा सामाजिक कार्यमा आफ्नो उल्लेख्य सहभागी जनाइरहेको छ । किदुकले सामाजिक कार्यका दौरानमा विभिन्न समस्याहरु पार गर्दै आज ५ औं वर्षमा आइपुग्न विभिन्न तह र तप्काबाट सहयोग पुर्याउने प्रति आभार प्रकट गरेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top