नेपाली   |  English

कोरोनाको औंषधी ‘गुर्जो,के हो गुर्जो ?


A A A

गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई फाइदा गर्ने बताउछन् ।

काठमाडौं - कोभिड–१९ संक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जो अहिले धेरैले प्रयोग गर्न थालेका छन् । यसको प्रयोग बढ्न थालेपछि ठाँउठाँउमा अभाव हुन थालेको छ ।

नर्सरीमा फालाफाल पाइने गुर्जो यतिखेर अभाव हुन थालेपछि कतिपयले मूल्य तिरेर ल्याउन थालेका छन् । उद्योगी, प्राध्यापक, स्वास्थ्यकर्मी र योगसाधकले मात्र नभई यतिखेर सर्वसाधारणले गुर्जो खान थालेका छन् । कसैले दिनमा एकपटक त कसैले सांँझबिहान दुई पटक खाने गरेका छन् ।

गुर्जो, मरीच, बेसार र अदुवा मिसाएर पकाइएको झोल खाने गरेको उनीहरुको भनाइ छ । ‘‘गुर्जो, मरीच, घोडताप्रे र बेसार मिसाएर पकाइएको एक चिया गिलास झोल साँझबिहान खादा फाइदा हुने डाक्टरहरुको भनाई रहेको छ ।

पछिल्लो समय कतिपयले त आफ्नो प्रयोगकालागि बारीमा गुर्जो रोप्न थालेका छन् । कोरोना बढेसँगै गुर्जो
भएकाहरुसँग माग्ने र लैजाने गर्न थालेका छन् । गुर्जोले प्रतिरोधात्मक क्षमता पनि बढाउने हुनाले औषधिको रुपमा लिइन्छ । ‘‘गुर्जो खानेको संख्या पनि ह्वात्तै बढेको छ ।’’

गुर्जो लहराजस्तै हुन्छ । गुर्जो जुनसुकै रुखमा लहराको रुपमा फैलिएको हुन्छ’’ ‘‘यसको टुक्रा माटामा गाडिदिए सजिलै उम्रन सक्छ ।’’ पछिल्लो समय आयुर्वेद स्वास्थ्यकर्मीले पनि गुर्जोको प्रयोग गर्न सुझाव दिन थालेका छन् । ‘‘मानिसमा प्रतिरोधात्मक शक्ति बढाउने भएकाले गुर्जोको नियमित प्रयोगले लाभ मिल्छ’’, टीकापुर आयुर्वेद अस्पतालका प्रमुख अशोककुमार मिश्रले भने, ‘‘सुत्केरीले बाहेक सबैले गुर्जो प्रयोग गर्न सक्छन् । नेपालमा जहाँ पनि पाइने गुर्जो जडिबुटीको रुपमा प्रयोग गर्ने बानी बसाल्न हो भने स्वस्थ रहन सकिन्छ ।’’
उनका अनुसार गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई फाइदा गर्ने बताउछन् । ‘‘प्रतिरोधात्मक शक्ति बढाउने भएकोले धेरैले सेवन गर्न थालेका छन्’’ । ‘‘गुर्जोसँगै अन्य औषधि पनि आवश्यक हुन्छ । यसको सेवनले घाटा गर्दैन ।’’


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top