नेपाली   |  English

विश्वकै सबैभन्दा बढी उमेरका ब्लेमको ११६ वर्षको उमेरमा निधन


A A A

उनी दुईवटा विश्वयुद्धमा जीवित रहन सके ।

एजेन्सी - विश्वकै सबैभन्दा बढी उमेरका व्यक्ति भनिएका दक्षिण अफ्रिकाका वृद्धको ११६ वर्षको उमेरमा निधन भएको छ। फ्रेडी ब्लेम नाम गरेका व्यक्तिको आधिकारिक कागजातमा उनको जन्म सन् १९०४ को मे ८ मा भएको देखाउँछ ।

तर उनले बढी उमेर बाँच्ने व्यक्तिका रुपमा गिनिज बुकमा नाम भने लेखाएका छैनन् । फ्रेडी किशोर हुँदा उनको परिवारका सबै सदस्य सन् १९१८ को स्पेनिस फ्लूका कारण निधन भयो । उनी दुईवटा विश्वयुद्धमा जीवित रहन सके ।

सन् २०१८ मा बिबिसीलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो दीर्घ जीवनको कुनै विशेष राज नरहेको बताएका थिए । उनको केप टाउनस्थित घरमै शनिबार निधन भएको हो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top