नेपाली   |  English

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

फाइल तस्विर

A A A

पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकीएका छन्।

चितवन - सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो।

पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने जनाइएको छ। पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकीएका छन्।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top