नेपाली   |  English

राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै उपप्रधानमन्त्री ईश्वर पोखरेल

A A A

पशुपति आर्यघाटमा उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आज विहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन् ।

घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत पनि पुगेका थिए ।

madva ghimire - national flg - funeral

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । आज पशुपति आर्यघाटमा उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।फोटो अनलाइनखबरबाट


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top