नेपाली   |  English

कुशे औँशीमा राष्ट्रकविका सन्तानद्वारा विशेष सम्मानका साथ श्रद्धाञ्जली अर्पण


A A A

बुधबार बिहानै कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन राष्ट्रकविका सन्तान तथा नातिनातिनाले उनीप्रति विशेष सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरे।

काठमाडौं – १०१ वर्षको उमेरमा मंगलबार बेलुका निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुँदैछ।

त्यसअघि बुधबार बिहानै कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन राष्ट्रकविका सन्तान तथा नातिनातिनाले उनीप्रति विशेष सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरे।

madhav ghimire- daughter

६ छोरी र दुई छोरा मध्ये एकजना मात्रै विदेशमा छन्। सबै सन्तान र नातिनातिनाले बुधबार बिहान निवासमा गायत्री मन्त्र तथा गुरु मन्त्र वाचन गरी विशेष श्रद्धा सुमन अर्पण गरेका हुन् ।

madhav ghimire- daughter- son

बुधबार नै ८६ औँ जन्मदिन परेकी राष्ट्रकवी घिमिरेकी श्रीमती महाकालीसहितले कुशे औँशीमा विशेष रुपमा श्रद्धा अर्पण गरेका हुन्। फोटो /बर्षा/देशसंचारबाट


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top