नेपाली   |  English

२१ वर्षमै अरबपति बनेकी यी मोडल

अरबपति काईली जेनर

A A A

काईली दिनमा ५०० वटा सेल्फी लिन्छिन्

एजेन्सी – विश्वमा नै चर्चित ‘मिडिया पर्सनालिटी’ काईली जेनरले आज जन्मदिन मनाइरहेकी छिन् । उनी हाल २३ वर्षकी भइन् । उनी आफ्नी दुई वर्षीया छोरीसँग जन्मोत्सब मनाइरहेकी छिन् । उनले जन्मदिनको अवसरमा पहिरिएको पहिरनमा २३ लेखिएको छ ।

काईली मिडिया पर्सनालिटीका साथसाथै चर्चित एन्टरप्रेन्योर पनि हुन् । रियालीटी टेलिभिजन स्टार, मोडल तथा व्यवसायी काईली विश्वकै कान्छी अरबपति हुन् । उनको कस्मेटिक मेकअपको व्यवसाय छ ।

उनी आफै कस्मेटिक मेकअपको व्यवसाय सञ्चालन गर्छिन् ।

भनिन्छ, काईली दिनमा ५०० वटा सेल्फी लिन्छिन् । उनी जुन सबैभन्दा बढी मनपर्छ त्यो नै सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् ।

काईलीको रोल मोडल लेडी गागा हो । काईली १८ वर्षकी हुँदा लेडी गागासँग पहिलोपटक भेटघाट भएको थियो । गागाले काईलीको लुक्स र सामाजिक सञ्जालमा हुने चर्चाको बारेमा तारिफ गरेकी थिइन् ।

काईली आफ्नो ब्राण्डलाई बढवा दिनको लागि यूट्युब, इन्स्टाग्राम र स्न्यापच्याटमा आफै विज्ञापन गर्ने गर्छिन् ।

फोब्र्सका अनुसार जेनरको कम्पनीको मूल्य ९०० मिलियन डलर रहेको छ । अनुमानित १ बिलियन डलर नाफासँगै जेनर २१ वर्षको उमेरमा अरबपति बनेकी थिइन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top